– कृष्ण खनाल
बुटवल साउन २७ । नेपाल जेसिजका राष्ट्रिय अध्यक्ष तेजशंकर भट्टले पछिल्लो समयमा देश विकासको लागि नेतृत्व युवा बर्गको काधमा आएको बताउनुभएको छ ।
देश संक्रमण कालबाट गुज्रीरहेको अवस्था युवा बर्गको विशेष भुम्किा हुने समेत उहाले बताउनुभयो ।
बुटवल जेसिजको आयोजना गत साउन २१ गतेबाट सुरुभएको जेसीज सप्ताह समापन सम्मान तथा मुखपत्रँ सार्थकको विमोचन कार्यक्रममा बोल्दै भट्टले नेपालका राजननीतिक दलहरुको असफल नेतृत्वको कारण देशले संविधान पाउन नसकेको भन्दै जसको लागि युवा बर्ग सचेत हुनुपर्ने अवस्था आएको समेत बताउनुभएको थियो ।
बुटवल जेसीज २०१२ का अध्यक्ष हिमाल गैरेको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल जेसीज राष्ट्रिय पूर्व अध्यक्ष अनुपमान शैजुले नेपालको इतीहासमा जेसीजले महत्वपूर्ण भुमिका खेलेको भन्दै यसलाई निरन्तरताको खाँचो रहेको बताउनुभएको थियो । कार्यक्रमा रुपन्देही स्टेशनरी व्यवसायी संघका अध्यक्ष हेमानन्द शर्मा पत्रकार दिनेश पाण्डे सडक डिभिजन कार्यालय बुटवलका निमित्त प्रमुख धनिराम चौधरी चरी राजाको नामले प्रख्यात गौतम सापकोटा लगाएतले मन्तव्य राख्नुभएको थियो ।
कार्यक्रम संयोजक गोपाल पाण्डेको स्वागत मन्तव्य रहेको कार्यक्रम सप्ताह संयोजक सन्तोष पछाईको आतिथ्यता रहेको थियो ।
जेसीज सप्ताहमा उच्च मा।वि स्तरीय वक्तृत्व कला प्रतियोगिता सडक विस्तार आवश्यकता तथा चुनौती विषयक अन्र्तकि्रया अनाथ बालबालिकाहरुको सामग्री वितरण मालतिको भट्टी नेपाली चलचित्र को च्यारेटी सो प्रर्दशन लगाएतका कार्यक्रम आयोजना गरेको थियो ।
उच्च मावि स्तरीय वक्तृत्वकला प्रतियोगितामा अक्फोड उच्च माविको विपना खत्री प्रथम मणिमुकुन्द उच्च माविका गणेष पौडेल द्धितिय अक्फोर्ड कलेजकै सुभाष खनाल तृतीय र एम्स कलेजका आशिष सुवेदीले सान्तवना स्थान प्राप्त गरेका थिए । उनिहरुलाई प्रमाण पत्र तथा सम्मान गरिएको थियो ।