गुल्मि सेवा समाज कतारको नियमित मासिक बैठक सम्पन्न

– पशुपती श्रेष्ठ

 

दोहा, कतार  । गुल्मी सेवा समाज दोहा कतारको मासिक बैठक सम्पन्न भएको छ । बैठक संस्थाका अध्यक्ष भरत सापकोटा को अध्यक्षतामा बसेको थियो ।

 

हरेक महिना बस्दै आएको सो बैठक यो महिना पनि गत शुक्रवार कतारको दोहा स्थित तरवार गेट पार्कमा समपन्न गरिएको समाजका सहसचिव  कुमार अविरल पन्थिले जानकारी दिनुभयो।

 

अत्याधिक गर्मी को मौसम भएता पनि आफ्नो अमुल्य समयलाई थाती राखी खाडीको चर्को घाम नभनी समाजका लागि केहि गनुपर्छ भनि  रोजगारीका सिलसिलामा कतारमा रहेका गुल्मेली दाजु – भाइहरुको निकै उपस्थितिरहेको थियो।
 

त्यस्तै विभिन्न समयमा आयोजना गरिदै आएका विभिन्न सास्कृतिक तथा खेलकुद कार्यक्रममा गुल्मेली दाजुभाइको जोस जागर एवम शाहसले अग्रस्थान हासिल गर्दा गुल्मी जिल्लाको चिनारी तथा पहिचानमा टेवा पुगेको  पन्थिले बताउनुभयो।

साथै गुल्मी सेवा समाज दोहा कतारद्वारा शुभ विजया दशमी तथा शुभ दिपावलिको अवसर पारेर भाग्यशाली चिठ्ठा लगायत विभिन्न सास्कृतिक तथा खेलकुद कार्यक्रमको आयोजना समेत गरिने भएको छ। सो अबसरमा शुभ विजया दशमी तथा शुभ दिपावलिको अवसर पारेर आयोजना गरीएका भाग्यशाली चिठ्ठाहरु बितरण तथा विभिन्न कुराहरुमा छलफल गरिएको थियो ।