गत सुक्रवार १० अगस्टका दिन खस आर्य समाज युएईको पहिलो वैठक प्रकास कौईरालाको संयोजकमा वर दुवईको नेपाली रेष्टुरेन्टमा सम्पन्न गरेको छ ।
उक्त वैठकले अव आउने दिनहरुमा भावी कार्ययोजना तथा रणनितिको वारेमा छलफल गरेको थियो भने विधान मस्यौदा तयार गर्न तिन जनाको टोलि गठन गरि निम्न सदस्यलाई जिम्मा दिएको छ जसमा संयोजकमा प्रकास कौईराला सदस्यमा भुपराज वस्याल र गोपाल कंडेललाई जिम्मा दिएको छ ।
हिन्दुहरुको महान चाड पर्व विजया दशमीको समय पारेर कार्यक्रम गर्ने र सम्पुर्ण नेपाली दाजु भाई दिदी वहिनीहरुलाई उपस्थित भई दशमीको भरपुर मनोराजन लिनु हुन सवैमा अनुरोध गर्दछौं ।