बिजुलीबाट खोलामा माछा मार्न लागेका दुईजनाको करेन्ट लागेर चितवनमा मृत्यु

रमेशकुमार पौडेल

 

चितवन – करेन्ट लागेर शनिबार चितवनमा दुईजनाको ज्यान गएको छ। जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारी अनुसार शनिबार दिउँसो बिजुलीको करेन्टबाट खोलामा माछा मार्न लागेका रत्ननगरका कान्छा चेपाङको निधन भएको थियो। 

  
त्यस्तै शनिबार मध्यरातमा क्यासेट बजाउने क्रममा करेन्ट लागेर जगतपुर वडा नं. १ का मादे महतोको मृत्यु भएको छ।


वर्ष २३ का कान्छा चेपाङले रत्ननगर वडा नं. ७ को खगेरी खोलामा विजुलीको करेन्ट पठाएर माछा मार्न लागेका थिए। उपचारका लागि ल्याउँदै गर्दा उनको बाटोमै ज्यान गएको थियो।

यसैगरी वर्ष ५० का मादे महतोलाई पनि करेन्ट लागेपछि उपचार गर्न ल्याउँदै गर्दा बाटोमै निधन भएको थियो। क्यासेट बजाउन लाग्दा विजुली सर्ट भएर करेन्ट लागेको प्रहरीले जानकारी दिएको छ।

अन्य समाचारहरु