रौतहटमा गोली चल्दा दुईजनाको मृत्यु

रौतहट –  स्रौतहटको अकुलावा गाविस ८ मा गएराति डाँका समूहको गोली लागेर २ जनाको मृत्यु भएको छ भने २ जना घाइते भएका छन् । गोली लागेर मृत्यु हुनेमा स्थानीय शेख गफार र उहाँकी श्रीमति सहाना बेगम रहेका छन् । ।

स्थानीयबासीले भने गफार दाजुभाईको विवादका कारण गोली चलेको आशङका गरेका छन् । प्रहरीले घटनामा संलग्न भएको आसंकामा गफारका दाजु शेखमुबारक र स्थानीय शेख विलद भन्ने नेक महोम्मदलाई रातिनै पक्राउ गरेको छ । घाइते शेख स्वयभ र सतिना खातुनको वीरगन्जमा उपचार भइरहेको छ । RSS

अन्य समाचारहरु