बुटवलमा मोटरसाइकलको ठक्करबाट एक घाइते / चालक फरार

– कृष्ण खनाल
मंगलबार बिहान बुटवलको पाल्पारोडमा मोटरर्साईकलको ठक्करबाट एक महिला र्घाईते भएकीछिन भने ठक्कर दिने मोटरर्साईकल चालक फरार भएका छन । 
लू ११ प २६२७ नम्वरको मोटरर्साईकलको ठक्करबाट बुटवल ११  मिलनचौक बस्ने बर्ष२५ कि अनिता भुषाल गम्भिर घाइते भएकी छन । 
घाईते भुषालको हाल लुक्बिनी अञ्चल अस्पताल बुटवलमा उपचार भईरहेको छ ।  ठक्कर दिने मोटरसाइकल र चालकको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ । 
महिलालाइ ठक्कर दिइ भाग्ने क्रममा मोटरसाइकल चालकले आफ्नो पर्स र एटिएम कार्ड छोडेर भागेको प्रत्यक्षदर्शीहरुले बताएकाछन् । 
कलेजबाट घरर्फकने क्रममा मोटरर्साईकलले ति महिलालाई ठक्कर दिएको बताईएको छ ।

अन्य समाचारहरु