चिलीमा तीज बिशेस कार्यक्रम आयोजना

डिल्लीराज घिमिरे

ईकिके, चिली – नेपाली महिलाको महान पर्ब तीज (हरितालिका) को सुभ अबसरमा चिलीमा यहि अगस्त १९ तारिक का दिन दिउसो २ बजे देखि  सम्पूर्ण नेपाली हरुले सामुहिक रुपमा एकिकी को पलाया बाया बिस्तामा नाचगान का साथ मनाउने निर्णय भएको जानकारी कार्यक्रम का प्रमुख आयोजक संजय ढकाल ले जानकारी दिएका छन् । तीजका गीत मा नाचगान गर्ने तथा साझ को रात्री भोजको कार्य क्रम पनि गरिएकोछ रात्री भोजको आयोजना  सिबम पौडेल ले गर्नु भएको छ छ भने कार्यक्रम को प्रसारमा चन्द्र सिम्खडा,प्रकास भट्ट चन्द्र गुरुङ छन्।
 
बिदेसमा रहेर पनि नेपालको नेपालको रिति रिबज्लाई उजागार गर्न सकिन्छ भन्ने भावनाका साथ् यो कार्यक्रम राखेको जनाइएको छ कार्य क्रम मा सम्पूर्ण नेपाली दाजु भाइ दिदि बहिनि लाई उपस्थिति भै रमाइलो गरि कार्यक्रम को मनोरंजन लिन को लागि  अनुरोध गरिएको छ।