पर्वतमा स्थानिय श्रोत ब्यवस्थापन अन्तरकि्रया कार्यक्रम सम्पन्न

३० श्रावण २०६९ पर्वत । त्रिवेणी वहुदेश्यि सहकारी संस्था त्रिवेणी पर्वतको आयोजनामा त्रिवेणीमा संचालित स्थानिय श्रोत पहिचान एवं ब्यवस्थापन तथा संभावित ब्यवसाय   विषयक १ दिने अन्तरकि्रया कार्यक्रमको एक समारोह विच घरेलु तथा साना उद्योग विकास समिति पर्वतका वरिष्ठ उद्योग अधिकृत एवं  कार्यक्रमका प्रमुख अतिथि शिव शंकर बानियाँ र विशिष्ट अतिथि लघु उद्यम विकास कार्यक्रम काठमाण्डौका लघु उद्यम बिशेषज्ञ किरण पौडेलले संयुक्त रुपमा उद्घाटन गर्नु भयो । कार्यक्रम  उदघाटन पश्चात मन्तब्य प्रकट गर्दै प्रमुख अतिथि बानियाँले श्रोत र साधनले सम्पन्न पैयूँ क्षेत्रभित्र रहेका गा।वि।सहरुको श्रोतको पहिचान हुन नसकेको कारण श्रोत खेर गइ रहेको अवस्थामा त्रिवेणी सहकारीले आयोजना गरेको कार्यक्रमले आगामी दिनमा यस क्षेत्रको उद्योग ब्यवसायको  योजना र विकासमा ठूलो टेवा पुर् याउन सक्ने कुरा वताउनु भयो  ।

 
कार्यक्रममा  विशिष्ट अतिथि किरण पौडेल  बेहुलीवास गाविस कफि ब्यवसायी धनबहादुर थापा  बेसार उत्पादक उद्यमी उमाकान्त वस्याल  तरकारी उद्यमी रण वहादुर राना  ढाका कपडा उद्यमी सुनीता गुरुङ बाँसका सामान वनाउने उद्यमी विश्व भुसाल जिल्ला लघु उद्यमी संघ पर्वतका कार्यक्रम संयोजक लक्ष्मी शर्मा  लगायतका उद्यमी तथा बक्ता सहभागिहरुले धेरै विषय वस्तु उत्पादन  गर्न सकिने संभावना भएर पनि जिल्ला बाहिरबाट उत्पादन गरिएका वस्तुले स्थानिय वजारमा स्थान ओगटेको कारण स्थानिय श्रोत को उपयोग हुन नसकेको  रोजगारिको अवसर श्रृजना हुन नसकेको  स्थानिय वासिन्दाको आम्दानीको स्तर बढ्न नसकेको कारण  क्षेत्रकै विकासमा वाधा पुगेकोले अन्तरकि्रया कार्यक्रमले समाधानको मार्ग पत्ता लगाउन सहयोग पुर् याउने  धारण ब्यक्त गर्नु भएको थियो ।

 

सहकारीका जेष्ठ सदस्य डिक वहादुर रानाको अध्यक्षतामा संचालित अन्तरकि्रया कार्यक्रमको संचालन त्रिवेणी सहकारीका सचिव जिवलाल वस्यालले गर्नु भएको थियो ।

अन्य समाचारहरु