नेपाली कांग्रेसका सभापति सुशिल कोइरालाले आफुहरुसँग सल्लाह नै नगरी मनोमानी ढंगले विभाग र अन्चल समितिहरु गठन गरेको भन्दै विरोध जनाउँदै आएका बरिष्ठ नेता शेरबहादुर देउवा पक्षीय अञ्चल संयोजक तथा विभाग प्रमुखहरुले बुधबार सामूहिक राजीनामा दिएका छन ।
सभापति कोइरालाले गठग गरेको विभाग मध्ये देउवा निकट १३ जनालाई विभाग प्रमुख र ६ जनालाई अञ्चल संयोजकको जिम्मेवारी दिएका थिए । उनीहरु मध्ये १२ विभागिय प्रमुख र ४ अन्चल सम्योजकले सामूहिका राजिनामा बुझाएका हुन ।
देउवा पक्षका संसदीय विभाग प्रमुख पूर्णबहादुर खड्का, कृषि तथा सहकारी विभाग प्रमुख बालकृष्ण खाँड, भूपू सैनिकका रमेश रिजाल, प्राकृतिक स्रोत विभाग प्रकाशसरण महत, साहित्य कला संस्कृति विभागका मनमोहन भट्टराईले राजीनामा दिएका छन् ।
यस्तै पर्यटन विभागका किशोरसिंह राठौर, विज्ञान तथा प्रविधि विभागकी सीता गुरुङ, अनुसन्धान तथा अभिलेख विभागकी महालक्ष्मी उपाध्याय डिना, अनुगमन तथा मूल्यांकन विभागका अम्बिका बस्नेत, द्वन्द्व व्यवस्थापनका ईश्वरी न्यौपाने, सिँचाइ तथा पूर्वाधार विभागकी मिनाक्षी झा र अपांग विभागकी सुजाता परियारले सामूहिक राजीनामा दिए ।
यसैगरी देउवा पक्षका अञ्चल संयोजकहरु मेचीका महेन्द्र यादव, लुम्बिनीका सुरेन्द्र पाण्डे, कर्णालीका मिन विश्वकर्मा र महाकालीका जीवनबहादुर शाहीले पनि राजिनामा दिएका छन् । दुई अञ्चल संयोजक सेतीका ज्ञानेन्द्रबहादुर कार्की र धवलागिरीका एनपी साउदले यसअघि नै राजीनामा दिइसकेका छन । सभापति सुशील कोइरालाले ४२ विभागमा १३ र १४ अञ्चल संयोजकमा ६ जनालाईमात्रै आफ्नो समूहबाट राखेको भन्दै देउवा समूह असन्तुष्ट थियो । rss



