चराको चिरिबिरी स्वर र गुञ्जनलाई नक्कल गरेर विश्व रेकर्ड कायम राख्न सफल चरी दादा जलवायु परिवर्तनको अभियानमा
भाद्र ६ गते, २०६९ मा प्रकाशित
चराको चिरिबिरी स्वर र गुञ्जनलाई नक्कल गरेर विश्व रेकर्ड कायम राख्न सफल चरी दादा अर्थात गौतम सापकोटा विश्वमा देखिएको जलवायु परिवर्तनको असरलाई कम गर्ने अभियानमा लागेका छन् ।
नेपालका ६७ जिल्लाका ४२ सय विद्यालय र क्याम्पसमा जनचेतना मुलक कार्यक्रम सम्पन्न गरेका सापकोटाले स्याङ्जाका विभिन्न विद्यालयहरुमा पुगी चराहरुको आवाजको वारेमा विद्यार्थीलाई जानकारी गराएका छन् ।
नेपाल सरकारले जलवायु परिवर्तनमा खर्चेको बजेटको सदुपयोग नभएको र आफ्नो एकल अभियानवाट एक व्यक्ति एक रुख रोपौ चराचुरुङ्गी नमारौं भन्ने अभियान निकै प्रभावकारी रहेको उनले वताए ।
१ सय ५१ चराको आवाजको नक्कल गरेर विश्व रेकर्ड राखेका गौतम सापकोटा आगामी २०७० साल बैसाख १ गते पुन विश्वकै सवैभन्दा वढी प्रमाणपत्र पाएका व्यक्तिको रुपमा विश्व रेकर्ड राख्ने प्रयासमा रहेका छन् ।