– पशुपती श्रेष्ठ
मुस्लिमहरुको महानपर्व ईदको अवसरमा कतारमा कार्यरत प्रवासि नेपालीहरु भारतिय टेलिभिजनबाट प्रशारीत कार्यक्रम डान्स इन्डिया डान्सका डान्सर प्रदिप गुरुङ, साजन सिङ,भावना पुरोहितको डान्सले यो गर्मि ठाउँमा पनि हजारौ दर्शकलाई नचाए।
कुमार रेग्मिको प्रस्तुति र लक्ष्मण खतिवडाले व्यवस्थापन गरेको सो धमाकामा अर्घाखाँची सेवा समाज कतार र स्याङग्जा सहयोगि समाजको विशेष सहयोगमा सम्पन्न उक्त कार्यक्रममा उसले जति माया तिमिलाई मैले पनि दिन्थे होला …..बोलको गित प्रमोद खरेलले गाएका थिए। कतारको अल अरवि र्स्पोट क्लवमा भएको धमाकामा मल्लिका कार्किले यति धेरै मान्छेहरुको भिडमा एउटा मान्छे छ मेरो मनमा….भन्ने गितका साथ साथै अन्य गित गाएकि थिईन| यस्तै रिया श्रेष्ठको आकर्षक डान्सबाट पनि दर्शकले मज्जा लुटे ।
त्यस्तै उध्रेको चोली गित गाएर आफ्नो नुत्य सँग गायिका इन्दिरा जोशीले जसरी तातेको कतारलाई अझ तताईन् ,नेपाली चलचित्र चपली हाईटबाट चर्चामा आएकि नायिका बिनिता बरालले आफ्नो नृत्य प्रस्तुत गरी दर्शकलाई उचाल्न सम्म उचालिन् ।
सानी सानी उमेर पुगिसक्यो बोलको गीतमा नाचेर बिनिताले बोलेका दुई शब्दले त झन् दर्शकलाई निकै उत्साह थपिदिएको थियो| भने हाँस्यकलाकार सिताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली) ले दर्शकलाई पेट मिचीमिची हसाएको सो कार्यक्रम कला सुब्बाले सन्चालन गरेकी थिइन ।