– चीनाथापा
रेडियो सिन्धुलीगढी सिन्धुली
सिन्धुलीकोभद्रकाली गाबिसमा चितुवा आतंक फैलिएको छ । चितुवाले दैनिकजसो खसि बाख्रा खानथालेपछि स्थानीय त्रसित भएका छन् ।
स्थानीय छत्रबहादुर श्रेष्ठका अनुसार खोरमै आएरसाता अघिदेखि चितुवाले खसि बाख्रा मार्न थालेको हो । बिपि राजमार्गसँगै जोडिएकोगाबिसको जंगल क्षेत्रमा खसि बाख्रा गाइबस्तु चराउन लैजान समेत समस्या भएको स्थानीयलेबताएका छन् ।
गाबिसमा रहेका १ दर्जनभन्दा बढी जनाबरहरु चितुवाले मारिसकेको छ ।
गाबिसकै सामुदायीक बन उपभोक्ता समुहले सिकार खेल्न र बन जंगल मास्नमा कडा प्रतिबन्धलगाएपछि जंगली जनावरहरु बढ्न थालेको स्थानीय भक्तबहादुर श्रेष्ठले बताउनुभयो ।सरकारी नियाले बेलैमा चितुवा नियन्त्रणमा लिएर संरक्षित क्षेत्रमा छाड्नुपर्ने उहाँकोसुझाब छ ।