सिन्धुलीमा एग्रो टुरिजमका लागि सम्भाव्यता अध्ययन गरिने

चीना थापा

रेडियो सिन्धुलीगढी सिन्धुली

 
सिन्धुलीमा कृषि उत्पादनका  क्षेत्रबाट समेत आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धन गर्ने उदेश्यले कृषि पर्यटनको सम्भाव्यताको अध्ययन गरिने भएको छ ।

 

जिल्लाका कृषिसँग सरोकार राख्ने निकायहरु कृषि विकास कार्यालयजिल्ला विकास समितिसिन्धुली उद्योग वाणिज्य संघकृषि सहकारी संस्थाजुनार उत्पादक संघ संस्था र किसानहरुको अगुवाईमा जिल्लामा कृषि पर्यटनको गन्तव्यको रुपमा विकास संभाव्यताको अध्ययन गरिने भएको हो ।

 

जिल्लाका जुनार सुन्तला अदुवा अलैंची बॆसार आँप काउली उत्पादन थालिएको ग्रामीण क्षेत्रलाई एग्रो टुरिजम भिलेजका रुपमा विकास गर्दै लैजान सके आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धनको मुख्य आधार बन्न सकने सम्भावना रहेकाले यसको अध्ययन गर्न लागिएको सिन्धुलीका स्थानीय विकास अधिकारी धु्रवबहादुर खड्काले बताउनुभयो ।

 

सिन्धुली कृषि पयर्टनका लागि प्रस्ास्त संभावना बोकेको जिल्ला भएकाले यसलाई व्यवस्थित र व्यवसायिक तरिकाले विकास गर्नका लागि प्रचार प्रसारका साथै गुरु योजना बनाएर अगाडि बढ्न सके सिन्धुलीलाई एग्रो टुरिजमका लागि नेपालकै एक उत्कृष्ठ गन्तव्यको रुपमा विकास गर्न सकिने खड्काको भनाइ रहेको छ ।

अन्य समाचारहरु