– कृष्ण खनाल
बुटवल भदौ ९ – बुटवलबाट प्रकाशित जनप्रतिवाद साप्ताहिकका अध्यक्ष लेखक तथा मानवअधिकारकर्मी अधिवक्ता पदमबहादुर कार्कीमाथि गत भदौ ७ गते विहान बुटवलमा प्रहरीद्वारा भएको हातपात तथा अभद्र व्यवहारप्रति प्रकाशन समाज रुपन्देहीले खेद ब्यक्त गरेको छ ।
प्रकाशन समाज रुपन्देहीका अध्यक्ष वालकृष्ण चापागाईंले शनिबार एक पे्रस विज्ञप्ती जारी गरी प्रहरीको त्यस प्रकारको ज्यादतीपूर्ण कार्य निन्दनीय भएको बताउनुभएको छ ।
विरामीलाई उपचार गराउन लुम्बिनी अाचल अस्पतालमा लैजानेक्रममा प्रहरीले वीचबाटोमा रोकेपछि विरामीको अवस्थाबारे जानकारी गराउन खोज्दा खोज्दै पदमबहादुर कार्कीमाथि प्रहरीले हातपात र अभद्र ब्यबहार गरेको घटनाले प्रकाशन समाज रुपन्देहीको गम्भीर ध्यानाकर्षण भएको अध्यक्ष चापागाईद्वारा जारी विज्ञप्तीमा उल्लेख गरिएको छ ।
विज्ञप्तीमा उक्त घटनाको बिरोध गर्दै दोषि प्रहरीमाथि अविलम्ब कारवाही गरियोस भनी सोही दिन ईलाका प्रहरी कार्यालय बुटवलमा रुपन्देहीका अगुवा पत्रकार लेखक तथा मानवअधिकारकर्मीसहितको एक टोलीले जोडदार माग गरेकोमा हालसम्म पनि कारबाही नभएको हुँदा यसप्रति समाजको गम्भीर ध्यानाकर्षण भएको जनाउँदै दोषि प्रहरीमाथि अविलम्ब कारवाहीको माग गरिएको छ ।
कार्कीले विरामीलाई उपचार गराउन अस्पताल लैजादै गर्दा समाजमा शान्ति सुरक्षाको जिम्मेवारी लिएको वर्दीधारी प्रहरीबाट हातपात र अभद्र ब्यबहार गरिनु दण्डनीय कार्य हो भन्दै अविलम्व दोषि प्रहरीलाई कारवाही गरी पीडित काकार्ीलाई न्याय दिलाईयोस भनी जोडदार माग गर्दछौ -भनिएको छ एक साता भित्र दोषिमाथि कारवाही नगरिएमा थप दवावमूलक कार्यक्रम गर्न बाध्य हुने ब्यहोरासमेत विज्ञप्तीमा उल्लेख छ ।