१० भाद्र, २०६९ पर्वत । घरेलु तथा साना उद्योग विकास समिति शाखा कार्यालय पर्वतको प्राविधिक तथा परामर्श सहयोग लघु उद्यम विकास कार्यक्रम क्षेत्रिय कार्यक्रम सहयोग कार्यालय पोखराको आर्थिक सहयोग र जिल्ला लघु उद्यमी संघ डिमेगा पर्वतको आयोजनामा देउपुर पातिचौरमा संचालन गरिएको ढाका वस्तु उत्पादन तालिमको सहभागि प्रशिक्षार्थिहरुलाई घरेलु विकास समिति पर्वतका वरिष्ठ उद्योग अधिकृत शिवशंकर वानियाँले हालै एक समारोह बिच प्रमाणपत्र वितरण गर्नु भयो ।
प्रमाण पत्र वितरण पश्चात मन्तव्य प्रकट गर्दै पर्वत जिल्लाको देउपुर पातिचौर लगायत विभिन्न स्थानबाट उत्पादन हुने पूर्विय ढाका कपडा तथा ज्याकर्ड मेशिनबाट तयारी ढाका कपडाको स्थानिय स्तरमा बजार बिस्तार गर्ने उद्देश्यबाट आयोजना गरिएको तालिम पश्चात उत्पादित ढाका कपडाको खपत हुने क्षेत्र अझ विस्तार भएकोले जिल्लामा उद्यमीको संख्या अझै बढाउन आवश्यक भएको कुरा बताउनु भयो । सोही अवसरमा तालिमका सहभागि प्रशिक्षार्थी कुमारी पुन नहकला शर्माले ढाका बुनाई उद्यमीलाई घरेलु सिलाई कटाई उद्यमी समूहले सहयोग पुर् याउने कुरा बताउनु भयो ।
जिल्ला लघु उद्यमी संघ डिमेगा पर्वतका कार्यक्रम संयोजक लक्ष्मी शर्मा र तालिमका प्रशिक्षक नममाया गुरुङ्गले आज यसै तालिमले स्थानिय मागको पुरा गर्न सक्ने अवस्था श्रृजना भएको कुरा बताउनु भयो । प्रमाण पत्र वितरण कार्यक्रमका सहभागिलाई सहभागि प्रशिक्षार्थी शान्ती शर्माले शब्दद्वारा स्वागत गर्नु भएको थियो । जिल्ला लघु उद्यमी संघ पर्वतका अध्यक्ष केशा परियारले अध्यक्षता गर्नु भएको उक्त कार्यक्रमको संचालन लघु उद्यम सहजकर्ता तुलसी सुवेदीले गर्नु भएको थियो ।
तालिममा ८ जना घरेलु सिलाई कटाई महिला उद्यमीहरुको सहभागिता रहेको थियो ।