अमेरिकाको मेरिल्याण्डमा एक नेपालीद्धारा आत्महत्या

– सरोज भुसाल


मेरिल्याण्ड । अमेरिकाको मेरिल्याण्डमा एक नेपालीले आत्म हत्या गरेका छन् । मेरिल्याण्ड राज्यको राजधानी शहर एपोलिसमा बस्दै आएका कृष्ण केसीले शनिवार मृत फेला परेका हुन् । शुक्रवार राती करिब ९ बजेतिर घरबाट निस्केका केसी एपोलिसमा रहेको अपार्टमेन्ट नजिकै रुखमा झुण्डिएको अवस्थामा फेला परेको थिए ।


शुक्रवार राती घर नफर्किपछि  उनका भतिज र ज्वाईले केसीको फोनमा सम्पर्क प्रयास गरेका थिए ।

 

फोन नउठेपछि राति नै उनीहरुले प्रहरीलाई कृष्ण हराएको बारे जानकारी गराएका थिए । राती करीब ११ बजेतिर प्रहरी उनी बसेको अपार्टमेन्टमा पुगेर आवश्यक जानकारी लिएर फर्केपनि घरमा नफर्किएपछि खोजी गर्दा अपार्टमन्ट नजिकै मृत फेला परेका थिए ।