–शालीकराम आचार्य
मस्कट, ओमान – ओमानका नेपालीहरुद्धारा मृगौला पिडित रुद्र बहादुर बिकलाई नेपाली रु.२१.४३२ सहयोग गरीएको छ । ओमान स्थीत ५ तारे होटेलमा कार्यरत पत्थर राई को बिसेष पहलमा मस्कटमा कार्यरत केहि नेपालीहरु बाट उक्त रकम संक्लन गरी आई एम इ मार्पुत रुद्र बहादुर बिकको नाम मा पठाई्को हो ।
गाउँ बिकाश समिती जिरी वाड न. ८ दोल्खा जिल्लाका रुद्र बहादुर बिक लामो समय देखी मृगौला पिडित रहेका छन डाक्टरले उनको मृगौला ट्रान्सप्लान्ट गर्नु प्रने बताए पछी चौतर्फी सहयोग को अपील नेपाल टेलिभिजन ले पसा्ररण गरेको थियो ।
पिडितका घरको आर्थिक अबस्था निकै दयनिय रहेको कारण मृगौला ट्रान्सप्लान्ट गर्नको निम्ती ठुलो रकमको आवश्यक्ता परेको हुनाल पिडित रुद्र बहादुर बिकको जिवन रक्षाको निम्ती आर्थिक सहयोय गरीएको हो सिमित एरीयाका नेपालीहरु बाट सानो सानो सहयोय बाट संक्लन गरीएको रकम हो जस मध्य होम बहादुर आले मगर राजकुमार आले मगर पत्थर राई बिवस राई कुल बहादुर क्रावुी धन बहादुर क्षेत्री लगाएतका दाताहरु ले ओमानी रीयाल ५. ००० लग भग १००० एक हजार रुपैया सहयोग गरेका छन ।
यस सहयोग अभीयानको पहल गरी पिडित लाई सानो भएपनी सहयोग गर्न पाउँदा आफु गौरवाम्बित भएको पत्थर राईले बताए तथा मस्कट स्थीत नेपालीहरु ले पिडित रुद्र बहादुर बिकलाई शिघ्र स्वास्थ लाभको कामना सहित सम्पूण प्रवासी नेपालीहरु लाई सहयोगका लागी प्राथाना गरेका छन ।