– गोविन्द खड्का
लोहारपानी दाङ १३ भदौ – नजानिदो गरी वाल अधिकारको हनन गरेको महशुस भएको प्रतिकृया दिदैँ गर्भवति हुँदा वा वच्चा जन्मेपछि नियमित जाँच गराउने चलन आफुहरु संग नभएको लोहारपानी गाविसका अगुवाहरुले वताएका छन् ।
यहि भदौ १० र ११ गते मुर्कुटिमा अभिमुखिकरणका लागि भेला भएका गाविस भरीका राजनैतिक दलका प्रमुख वडा नागरीक माच संघ संस्था विद्यालय व्यवस्थापन समितिका अध्यक्ष एवं प्रमुअ र प्रअहरु महिला तथा वालवालिकाका क्षेत्रमा काम गर्ने अगुवाहरुले आईरन चक्की खाने चलन समेत नभएको वताए । अधिकांशले घरमै वच्चा जन्माउने विरामी परेपछि मात्रै अस्पताल खोज्ने गरेको जानकारी दिए । वच्चा जन्मे पछि जन्मदर्ता गर्ने चलन समेत नभएको वताए ।
पहाडि क्षेत्रको विकट भुभाग र टाढा विद्यालय हुनाले सवै वालवालिका विद्यालय जान नसकेको र गए पनि गरीविका कारण कालापहाड विदेश जाँदा ठुलो कक्षामा विद्यार्थी घट्दै गएको उनिहरुको भनाई थियो । तर छात्राको संख्या छात्र भन्दा तुलनात्मक रुपमा वढिरहेको शिक्षकहरुको भनाई थियो । उनिहरु वाहिर कमाउन नजाने र विवाह गरे पछि पनि विद्यालय नछाड्ने चलन वढेपछि छात्रामा प्रगति देखिएको हो । भने वालवालिकालाई पौष्टिक आहारको रुपमा चामलको लिटो र गाई भैँसीको दुध दिने गरेको जानकारी दिए । आमाको दुध आउने नआउने अवस्था अनुशार जन्मे देखि नै अन्य कुरा खुवाउने गरेको वताए । त्यसमा धेरै जसोले भने महिना पुगे पछि अन्य खानेकुरा वच्चालार्य खुवाउने गरेको उनिहरुको भनाई थियो ।
यस वर्ष देखि लोहारपानी गाविसमा जिविसले स्थानिय वालमैत्री शासन लागु गरे पछि पहिलो पटक अभिमुखीकरण भएको हो । गाविस सचिव एवं गाविस कार्यसचालन समिति अध्यक्ष यज्ञ वहादुर भण्डारीको अध्यक्षतामा भएको कार्यक्रमको सहजिकरण सामाजिक परिचालक दाम बहादुर घर्तिले गर्नु भएको थियो । भने प्रशिक्षण सुनिल रेग्मी र वालमैत्रि स्थानिय शसासन गाविस सहज कर्ता गोविन्द खड्काले दिनुभएको थियो ।