लुम्बिनी अञ्चल स्तरिय सचेतनामुलक यात्रा सकियो

– उमाकान्त पाण्डे गाउंले  
समाज रुपान्तरणमा युवा अभियानको लुम्बिनी अञ्चल स्तरिय एक हप्ते सचेतनामुलक यात्रा सकिएको छ । कम अन युथ स्ट्यान्डप बुटवलको सयोजकत्वमा युवा सन्जालका युवहाँरु संलग्न टोलीले लुम्बिनी अञ्चलका ६ जिल्लामा भ्रमण गरी त्यहा स्थित स्थानिय युवासंघसस्था तथा आमसर्वसाधारण सगं अन्तर्कृया गरी आफ्नो यात्रा लाई आज रुपन्देहीमा आएर समापन गरेको हो  । 
रोटर्याक क्लब अफ रुपन्देही प्रस्तावित मणिग्रामले एक कार्यक्रम आयोजना गरी टोलीलाई रुपन्देहीमा स्वागत एवम सम्मान गर्दै भ्रमणको समापन गरेको हो । 
प्रस्ताबित सस्थापक अध्यक्ष प्रकाश गौतम को अध्यक्षता, राममणी बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख मोहनराज शर्माको पमुख आतिथ्यता,रोटर्याक क्लब बुटवल साउथका निवर्तमान उपाध्यक्ष यादब भट्टराईको बिशेष उपस्थितीमा सम्पन्न कार्यक्रमको सन्चालन यमुना बस्यालले गरेकी थिइन  । 
कार्यक्रममा कम अन युथ स्ट्यान्डअपका क्षेत्रिय निर्देशक तथा रेडियो नमस्तेका कार्यक्रम प्रमुख सुमन श्रेष्ठ, यात्रा समयोजक नबिन पन्त,पत्रकार तथा भ्रमण टोली सदस्य उमाकान्त पाण्डे गाउंले, राममणी बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख मोहनराज शर्मा,रोटर्याक क्लब बुटवल साउथका निवर्तमान उपाध्यक्ष यादब भट्टराई लगायतले बोलेका थिए । 
भ्रमण टोलीमा रुपन्देही बाट नबिन पन्थ, सुमन श्रेष्ठ, रोशनी लिगल , उमाकान्त पाण्डे गाउंले , सरोज कडेंल, धुर्ब पन्त, कपिलवस्तु बाट सशी सापकोटा, शकंर चौधरी थारु , गुल्मी बाट राजन थापा, रहेका थिए । 
टोलीले कपिलबस्तुको चारनम्बर जीतपुर, अर्घाखाँचीको ठाडामा रहेको ज्योति उच्च मावी, नरपानी तथा फुदवाङ बजारमा त्यहाका स्थानिय युवा सन्जालसगं अन्तरकृया गरेको थियो । भाद्र ८ गते अर्घाखाँचीको सन्धिखर्कमा शिक्षामा खोज नामक डकुमेण्ट्री फिल्म समेट प्रदशन गरिएको थियो । गुल्मीको वीरबास , धरापानी , पाल्पाको हार्थोक , दोभान , मा समेत कार्यक्रम गरिएका थिए ।  रुपन्देहीको देबदह , नवलपरासीको दाउन्ने , परासी तथा रुपन्देहीको  भैंरहवा र लुम्बिनी हुँदै टोलीले आफ्नो यात्रा लाई बुधवार मणिग्राममा आएर अन्त्य गरेको हो ।  
आफुहरुले खाजा खर्च बाट एक महिना सम्म सकंलन गरेको रकमबाट आफुहरुले यात्रा गरेको सन्जालका लुम्बिनी अञ्चल समयोजक तथा यात्रा समयोजक नबिन पन्तले जानकारी दिए। 
गत भाद्र ६ गते बुटवलमा पत्रकार सम्मेलन गरी यात्रा सुरु गरेको टोलिलाई रुपन्देहीको मुर्गियामा रहेको रेडियो मलमलाले बिदाइ गरेको थियो भने बिभिन्न जिल्लाका अन्य स्थानमा त्यहारहेका युवासन्जालका संघसस्था तथा त्यहाका युवा  प्रतिनिधिहरुले स्वागत एवम सहयोग गरेका थिए।  

अन्य समाचारहरु