सिड्नी (अष्ट्रेलिया) – आप्रवासी नेपालीहरुको संगठन एनआरएन को सातौं क्षेत्रीय सम्मेलन अष्ट्रेलियाको सिड्नीमा सुरु भएको छ । सम्मेलनमा आप्रवासी नेपालीहरु असल राजनैतिक ब्यवस्था नभएको र समयमै संविधान नबनेकाले लगानीको वातावरण नबनेको गुनासो गरेका थिए ।
३ दिनसम्म चल्ने यो सम्मेलनबाट नेपालमा लगानीको वातावरण बनाउनुका साथै आपसी छलफलबाट ठोस निर्णय निकाल्ने आशा गरिएको छ । सम्मेलनमा एनआरएन को विश्वभरिबाट ६ वटै क्षेत्रका प्रतिनिधिका साथै करिब ३ दर्जन देशहरुबाट सहभागिता छ । उदघाटन कार्यक्रममा मुख्यरुपमा विदेशमा रहेका नेपालीहरुले नेपालमा गर्न सक्ने लगानी र त्यसका लागि सरकारले गर्नसक्ने सहयोग र सरकारी दायित्वको बारेमा छलफल गरिएको थियो ।
विश्वभरिबाट आएका एनआरएन का प्रतिनिधीहरुले राजनैतिक स्थायीत्व, संविधान निर्माणका साथै आफूहरुले गर्नसक्ने लगानीको सुरक्षाका बारेमा चासो ब्यक्त गरेका थिए ।
कार्यक्रममा एनआरएन का अध्यक्ष जीबा लामिछानेले आफुहरु नेपालमा लगानी गर्न अत्यन्तै इच्छुक रहेको तर अहिलेको राजनैतिक अन्यौलले समस्या आइरहेको बताए । जलविद्युत आफुहरुले पहिलो प्राथमिकता भएको र यसका लागि सामुहिक रुपमा एनआरएन ले पहल थालिसकेको जानकारी दिएका थिए । सरकारले पनि चासो देखाएको अवस्थामा वर्तमान अवस्थामा हातेमालो गरेर थप बिकासका कार्यक्रम ल्याउने सकिने उनको भनाई थियो ।
एनआरएन का संस्थापक अध्यक्ष उपेन्द्र महतोले नेपाल बिग्रियो मात्र भन्नुको साटो नेपालको अवस्थालाई सकारात्मक आँखाले हेरेर एनआरएनले बिकासमा हात अघि बढाएको बताए । उनले भने