दैलेखको लालिकाँडामा भाईरल ज्वरोका कारण दुई जनाको मृत्यु

दैलेख  । दैलेखको लालिकाँडा गाउँ विकास समितिमा भाईरल ज्वरोका कारण दुई जनाको मृत्यु भएको छ ।

 

भाईरल ज्वरोकै कारण गएराती लालिकाँडाका ५४ वर्षिय भक्त बहादुर विसी र ६९ वर्षिय भीमबहादुर थापाको मृत्यु भएको हो ।

 

भाइरल ज्वरोले प्रकोपकै रुप लिन थालेपछि जिल्ला जनस्वास्थ्य कार्यालय दैलेखबाट स्वास्थ्यकर्मीहरुको टोली घटनास्थल तर्फ गएको छ ।

 

– RSS

अन्य समाचारहरु