दुबई- हिजो शुक्रबार साँझ बरदुबईमा अचानक चहल पहल हल्ला खल्ला भयो नेपालीहरु को भिड लाग्ने मेट्रो पार्कमा दुबईका पुलिसले तिन जना नेपालीहरुलाई मादल सहित समात्दै तिमीहरुको अरु साथी को को हुन भनी सोधी रहेको थियो । पार्कमा तिजको गीत गाउन मादल सहित आएका श्रीमान लाई पुलिसले पकडीएको देखेर पछी लागेर जन लागेकी उनकै श्रीमतीलाई भने अन्य संघसस्थाका प्रतिनिधिहरुले कानुनमा अप्ठारो हुन सक्छ सगै नजाउ भनेर रोकेका थिए ।
मोटर साईकलमा आएका पुलिसले अरु पुलिसलाई बोलाइ ती नेपाली जिम्मा लगाई आफु फर्केका थिए भने पक्राउ परेका नेपाली छाडे नछाडेको अहिले सम्म जानकारी हुन सकेको छैन । पक्राउपर्ने को सामाजिक इज्जत प्रती ठेस नलागोश भनेर नाम भने सार्वजनिक गरिएको छैन ।
यस घटना मात्र नभई हाल युएईमा नेपाली महिला पुरुषको छाडा बिकृति बढदो रहेको अर्घाखाँची डट्कम् कर्मीहरुले जानकारी दिएका छन । साँझ परेपछि सोही मेट्रो पार्कमा कोककोला र पानीका बोतलमा अन्य पिय पदार्थ ल्याउने र पिएर हल्ला गर्ने,आपसमा झगडा गर्ने साथै घरमा श्रीमान,श्रीमती हुदा हुदै पनि यहाँ अनैतिक सम्बन्ध राख्ने क्रम अत्याधिक बढेको छ।
यसले बिदेशमा रोजगारीका लागी आउने नेपालीहरुको पारिबारिक जिबनमा असार पार्ने बिश्लेशकको भनाइ छ । विदेशको ठाउँमा त्यहींको कानुनमा रहेर हाम्रो सास्कृतिको जगेर्ना गर्नु र चाड पर्ब मनाउन राम्रो हो । तर चाडपर्व मनाउने नाममा गलत कामलाई प्रसय नगर्न त्यहा रहेका संघसस्थाले सम्पूर्ण नेपालीमा आग्रह गरेका छन ।
नेपाली महिलाहरुको महान चाड तीज नजिक आउदै गर्दा बिदेसमा रहेका नेपालीहरुमा यसको प्रत्यक्ष प्रभाब पर्नु स्वाभाविक हो । चाडपर्ब नजिक आउदा रमाइलो लाग्नु हामी नेपालीहरुलाई स्वाभाविक भएता पनि बिदेसमा चाडपर्ब मनाउनु त्यस देशको कानुनलाई सम्मान गर्दै आफ्नो संस्कृति मान्नु पर्दछ ।