– गोविन्द खड्का
घोराहि दाङ १६ भदौ – गत असार २ गते रतनपुरमा घाईते वनाईएकि छोरी प्रेणा खड्का वस्नेत को घटनाका वारेमा चासो लिदा वावु आमा समेत असुरक्षित भएको भन्दै शुक्रवार जिल्ला प्रशासन कार्यालय घोराहिमा पुगेका छन् ।
आफ्नै घर अगाडि पानी भरी रहेको समयमा घोराहि रतनपुर निवासी प्रेरणा खड्का वस्नेत लाई अज्ञात समुहले आक्रमण गरी गम्भिर घाईते वनाएको थियो । खड्काका वुवा टेक वहादुर खड्काले दिएको जानकारी अनुसार नरिसंहोम नेपालगाजको ईमरजेन्सी कक्षामा घाईतेको एक साता लामो उपचार पछि घर ल्याईएको थियो । गणपति भेनीयर उद्योग खैरा नारायणपुराका प्रो प्राईटर गेहन्द्र बहादुर वस्नेतकी श्रीमति खड्को घाँटिमा लगाएको दुई तोलाको सिक्री आक्रमणकारीले लुटेर लगेको वस्नेतले जानकारी दिएका थिए । त्यस वारेमा प्रहरीमा उजुरी परेको थियो । वावु आमा लगाएत सवै परिवार अपराधिको खोजी कार्यमा लागेका थिए ।
टाउकोमा लागेको गहिरो चोटका आधारमा फलामको रड वा अन्य हतियार प्रयोग गरीएको हुनसक्ने प्रहरीले वताएको थियो । आक्रमण लगतै व्यहोस भएकी प्रेणाले आफुलाई करेन्टलागेको जस्तो भएको त्यस वाहेक केहि थाह नपाएको वताएकि थिईन् । करिव दुईमहिना लामो अनुसन्धान पछि घर परिवार वाटै आक्रमण भएको प्रहरीले निष्कर्ष निकालेको पिडितले वताईन । जिल्ला प्रहरी कार्यालय दाङले किटानी जाहेरी नदिदा सम्म कार्वाहि गर्न नसकिने सल्लाह दिए पछि आफ्नै श्रीमान् गेहेन्द्र वस्नेत र देवर जितेन्द्र वस्नेतका विरुद्ध ज्यानमार्ने उद्योगको मुद्धा दर्ता गराएको प्रेरणाको भनाई छ । त्यस पछि उनको घरपरिवार संगको संवन्ध पनि विग्रीएको वताईन । हामिलाई पत्याउनुहु्न्न अनुसन्धान गरीरहेका हुन्छौँ । तपाईकै कारणले ढिला भएको हो । हामिले उति वेलै पत्तालगाईसकेका थियौँ भने पछि मुद्धा दिएकि हुँ ।
खड्काले भनिन उजुरी दिए पछि प्रहरीले उनिहरुलाई केहि दिन हिरासतमा राखेर छोडि सकेको छ । प्रहरीले अनुसन्धान नगरी दिएको उल्टो उनिहरुलाई सहयोग गरेकाले आफु अन्याएमा परेको खड्काले वताईन । घाउ जाँच फारम पनि भर्न दिईएन राम्रा वयान पनि सरकारी वकिल कार्यालयमा लगिएन पाहुना जस्तो वनाएर हिरासतमा राखियो अनुसन्धान गरीएन प्रहरीले मुद्धा समेत नलाग्ने अवस्था वनाईदियोु उनले भनिन् । प्रेरणा माईति घरमा वस्दै आएकि छिन् । एक छोरा सहित माईतमा वसेकि खड्काले हिरासत वाट छुटेपछि जे पनि गर्न सक्ने धम्कि आएकाले सुरक्षाको लागि प्रहरीमा जानुपरेको वताईन । वावु आमा र दुई वटा भाई र छोरा सहित ६ जनाको सुरक्षाका लागि जिल्ला प्रशासन कार्यालय घोराहिमा निवेदन दिएकी छिन् ।
पिडितले प्रहरीले आफुलाई अन्याएमा पारेको वताएकि छिन् । यस वारेमा जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख एसपि गणेश वहादुर ऐरलाई सोध्दा प्रहरीले कुनै गल्ती नगरेको वताउनुभयो । हाम्रो प्रहरीले कतै गल्ति गरेको भए कार्वाहि गर्छु । कागले कान लग्यो भन्दा काग पछि नदौड्नुहोस कान छाम्नुस् । वहाँले भन्नुभयो कसले र किन आक्रमण गर् यो भन्ने पुष्टि भएको छैन ।<