– उमाकान्त पाण्डे गाउंले
शिवटोल विकास समिति बुटवल १३ कालिकानगरको आयोजनामा मैत्रीपूर्ण तीजगित प्रतियोगिता तथा दरखुवाउने कार्यक्रम सम्पन्न भएको छ । बुटवल कालिकानगरको स्थानिय शिबालय मन्दिरमा भएको कार्यक्रममा टोल भित्रका ५ वटा समुहले भाग लिएका थिए ।
प्रतियोगितामा एकता टोल प्रथम,गंगा पथ द्धितिय,प्रगति पथ तितृय तथा शिवालय र अस्मिता पथले सान्त्वना स्थान हासिल गर्न सफल भएका छन् ।
प्रतियोगितामा प्रथमलाई १ हजार,द्धितियलाई ७ सय ५० र तितृयलाई ५ सय नगद प्रदान गरिएको थियो ।
शिबटोलका अध्यक्ष यम प्रसाद आचार्यको अध्यक्षता तथा नगरपालिकाका बरिष्ठ अधिकृत भूवा प्रसाद लर्ुइटेलको आतिथ्यतामा भएको कार्यक्रममा सचिब सरस्वती थापा,राजेन्द्र लम्साल लगायतले बोल्नुभएको थियो ।