नेपाली एकता समाज युएईको प्रथम पार्षद भेला तथा बिदाई कार्यक्रम सम्पन्न


 

– लालबहादुर ढेंगा दुबई युएई

 

दुबई । गत ३१ अगस्त शुक्रबारका दिन दुबईको एभरेष्ट होटलमा नेपाली एकता समाज युएईले पार्षद भेला तथा विविध सांस्कृतिक कार्यक्रमका बीच पूर्वअध्यक्ष मानबहादुर थापालाई बिदाई गरेको छ । पूर्वअध्यक्ष मानबहादुर थापा स्वदेश नेपाल फर्कने भएपछि रिक्त रहेको अध्यक्ष पदमा कृष्ण केसी र उपाध्यक्षको पदमा चिरन केसीलाई नियुक्ती गरेको छ ।

 


उक्त पार्षद भेला तथा बिदाई कार्यक्रमको प्रमुख अतिथिमा नेपाली समाज युएईका अध्यक्ष कृष्ण ढकाल रहेको थियो भने बिशेष अतिथिमा मानबहादुर थापा रहेको थियो । लेखनाथ अधिकारीले अध्यक्षता गरेको कार्यक्रममा अन्य अतिथिहरुको रुपमा विभिन्न संघ संस्थाका प्रतिनिधिहरु समाजसेवी बुद्धिजीवि र पत्रकारहरु रहेका थिए । पहिलो चरणमा पार्षद भेला र दोस्रो चरणमा बिदाई र सांस्कृतिकको प्रस्तुति गरि दुई चरणमा विभाजित गरिएको कार्यक्रमको संचालन रेशम सापकोटाले गरेको थियो ।

 



शिवराज जैसीको शुभकामना मन्तव्यको लगत्तै कृष्ण केसीको बार्षिक प्रतिवेदनबाट थालनी गरिएको कार्यक्रमलाई रंक्तिम सांस्कृतिक परिवार युएईका कलाकारहरुको प्रस्तुति छेकेर छेकिन्न इतिहासको पाना॥रोकेर रोकिन्न जनताको आंधी॥ू गीतले सांगीतिक माहौललाई तताएको थियो भने पाखुरी यिनै हुन नेल भिरेका॥ गीतमा डम्बर भण्डारीको नृत्यले सुनमा सुगन्ध थपिएको थियो । त्यस्तैगरी सिमली छांयामा बसि भरिया लामो सांस फेरेर॥ गीतमा बासुदेव भुसालको नृत्य र माया गयो गाउं छोडेर लाहुरे हुनलाईू कौंडा गीतमा विनिता थापाको नृत्यले दर्शकहरुलाई निकै मनोराजन दिएको थियो ।

 

 

 

प्रथम पार्षद भेला तथा बिदाई कार्यक्रममा आफ्नो मन्तव्य राख्नेहरुमा प्रकाश जिसी डम्बर भण्डारी कृष्ण भुसाल राधा ढकाल पोषबहादुर गुरुङ तेजेन्द्र खरेल पिताम्बर पाण्डे योगेन्द्र थापा कृष्ण ढकाल र मानबहादुर थापा रहेका थिए । वक्ताहरुले आफ्नो मन्तव्यको क्रममा विगत १३ बर्षदेखि युएईमा रहि विभिन्न संघ संस्थाहरुप्रति मानबहादुर थापाले दिएको योगदानलाई भुल्न नसक्ने बताए भने नेपालमा आगामी दिनहरुको लागि प्रगतिको शुभकामना समेत दिए । लामो समयसम्म युएईमा रहंदा बनाएको ईस्त्रमित्र तथा साथीहरुलाई छोडेर जानलाई त्यति सजिलो छैन् कता-कता विछोडको पिडाले सताएको छ भने अर्कोतिर सबैले दिएको मायालाई आफुले कमाएको सम्पत्तिको रुपमा लिएको मानबहादुर थापाले मन्तव्यको क्रममा बताए ।

 



नेपाली एकता समाज युएईका अध्यक्ष कृष्ण केसी नेपाली समाज युएईका अध्यक्ष कृष्ण ढकाल र अन्य अतिथिहरुले संयुक्त रुपमा दोसल्ला ओढाई सम्मान-पत्र र मायाको चिनो दिएको थियो भने विभिन्न व्यक्तिहरुले आफ्नो व्यक्तिगत रुपमा खादा ओढाएर सम्मानका साथ बिदाई गरेका थिए ।

 


 

अन्त्यमा कार्यक्रमका अध्यक्ष लेखनाथ अधिकारीले आयोजक कलाकार अतिथि र उपस्थित दर्शकहरुलाई धन्यबाद दिदैं कार्यक्रम विसर्जन गरेको थियो ।