– पशुपति श्रेष्ठ
दोहा। गुल्मी सेवा समाज दोहा कतारले आफ्नो कार्यसमिति सदस्य समाजसेवि सन्तोष श्रेष्ठलाई विदाई गरेको छ।
उहा कतार नफर्कने गरि नेपाल जादै गर्दा उहाले समाजलाई पुर्याउनु भएको योगदानलाई उच्च मुल्यांकन गर्दै कतारको दोहा स्थित जैधा पार्कमा बिदाई कार्यक्रम गर्दै समाजले उहाँको उज्जल भबिष्यको कामनाका साथ सम्मान पत्र प्रदान गर्दै बिदाई गरेको हो।
सो सम्मान पत्र संस्थाका अध्यक्ष श्री भानुभक्त सापकोटा (भरत) एवम प्रमुख सल्लाहकार श्री दोर्ण ब.बस्नेतले हस्तान्तरण गर्नु भएको थियो।
साथै कार्यक्रममा पत्रकार,बुद्दिजिबी सहित गुल्मेलीहरुको बाक्लो उपस्थिति रहेको समाजका सहसचिव लिलामणि पन्थिले अर्घाखाँची डटकमलाई जानकारी दिनुभयो।
कार्यक्रममा बोल्दै निबर्तमान अध्यक्ष तथा प्रमुख सल्लाहकार श्री दोर्ण ब.बस्नेतले उहाले छोटो समयमा धेरै सहयोग गरेको र आगामी दिनहरुमा पनि समाजलाई नेपालबाट निरन्तर सहयोग गर्ने विश्वास ब्यक्त गर्नुभएको थियो।
साथै नेपालमा जनचेतना मुलक कार्यक्रम संचालनको जिम्मा लगाउदै उहाँको उज्जल भबिस्यको कामना गर्दै शुभकामना दिनुभएको छ।