नुवाकोट । परीक्षामा अनुर्तिण भएपछि आत्महत्या गर्ने विद्यार्थीको संख्या बढेको छ । नुवाकोटमा एसएलसीको पुरक परीक्षा दिएकी बेल्कोट गाउँ विकास समिति वडा नं. १ का १८ वर्षकी गोमा पाण्डेले विष सेवन गरी आत्महत्या गरेकी छन् । उनको उपचारका लागि त्रिशुली अस्पताल लैजादै गर्दा बाटैमा मृत्यु भएको हो ।
यस्तै श्रीमतीसँग झगडा परेर बेल्कोटकै वडा नम्बर दुईका ४० बर्षका साइला विश्वकर्मालेले पनि विष पिएर आत्महत्या गरेका छन् । श्रीमान् श्रीमतीको सामान्य घर झगडा पछि विकले खेतबारीमा प्रयोग गर्ने बिष सेवन गरेको प्रहरीले जनाएको छ ।



