– पशुपती श्रेष्ठ – दोहा,कतार
मुस्लिमहरुको महानपर्व ईदको अवसरमा कतारमा कार्यरत प्रवासि नेपालीहरु भारतिय टेलिभिजनबाट प्रशारीत कार्यक्रम डान्स इन्डिया डान्सका डान्सरले तताए । गर्मी मौसम खचाखच भरिएको हल दर्शकको भिडभाड । कलाकारको बेजोड प्रस्तुती । दर्शक पनि तात्तिए – हौस्सिए अनी झन बढी नै तात्यौ त्यहाको मौसम । कलाकारहरु प्रदिप गुरुङ, साजन सिङ,भावना पुरोहितको डान्सले यो गर्मि ठाउँमा पनि हजारौ दर्शकलाई नचाएको हो ।
कुमार रेग्मिको प्रस्तुति र लक्ष्मण खतिवडाले व्यवस्थापन गरेको सो धमाकामा अर्घाखाँची सेवा समाज कतार र स्याङग्जा सहयोगि समाजको विशेष सहयोगमा सम्पन्न भएको हो ।
कार्यक्रममा उसले जति माया तिमिलाई मैले पनि दिन्थे होला …..बोलको गित प्रमोद खरेलले गाएका थिए। कतारको अल अरवि र्स्पोट क्लवमा भएको धमाकामा मल्लिका कार्किले यति धेरै मान्छेहरुको भिडमा एउटा मान्छे छ मेरो मनमा….भन्ने गितका साथ साथै अन्य गित गाएकि थिईन| यस्तै रिया श्रेष्ठको आकर्षक डान्सबाट पनि दर्शकले मज्जा लुटे ।
त्यस्तै उध्रेको चोली गित गाएर आफ्नो नुत्य सँग गायिका इन्दिरा जोशीले गर्मीको मौसममा तातेको कतारलाई झन मज्जाले तताईन् ।
नेपाली चलचित्र चपली हाईटबाट चर्चामा आएकि नायिका बिनिता बरालले आफ्नो नृत्य प्रस्तुत गरी दर्शकलाई उचाल्न सम्म उचालिन् । सानी सानी उमेर पुगिसक्यो बोलको गीतमा नाचेर बिनिताले बोलेका दुई शब्दले त झन् दर्शकलाई निकै उत्साह थपिदिएको थियो
।
हाँस्यकलाकार सिताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली) ले दर्शकलाई पेट मिचीमिची हसाएका थिए । दर्शकको चापलाई सो कार्यक्रम कला सुब्बाले सन्चालन गरेकी थिइन।