कार्यशाला गोष्ठि सम्पन्न

– उमाकान्त पाण्डे गाउंले,  कृष्ण खनाल, बुटवल


रोजगार कोष सचिवालय क्षेत्रिय कार्यालय बुटवलद्धारा आयोजित एक दिने मर्यादित काम रोजगारदाता र श्रम ऐन सम्बन्धि कार्यशाला गोष्ठि शुक्रबार बुटवलमा सम्पन्न भयो ।


कोषले बिभिन्न समयमा प्राबिधिक तथा सिप बिकास सम्बन्धि तालिम लिई रोजगारी गरीरहेका र अरुलाई समेत रोजगार प्रदान गर्दै आएकाहरुका लागि आयोजित उत्त कार्यशालामा झण्डै ४० जनाको सहभागिता रहेको थियो ।


कार्यशालामा त्रिभुवन बिश्व बिद्यालय कानुन संकायका सहायक प्राध्यापक सरोज कृष्ण घिमिरेले मर्यादित काम रोजगारदाता र श्रम ऐन सम्बन्धि कार्यपत्र प्रस्तुत गरेका थिए ।


कार्यक्रममा रोजगार कोष सचिवालय केन्द्रिय कार्यालय काठमाण्डौका अधिकृत हरी प्रधानसो सचिवालय अन्तर्गत बुटवलस्थित क्षेत्रिय कार्यालयका फिल्ड मनिटर सिखा जैसवाल लगायतले कार्यशालाको उपयोगिता र महत्वका बारेमा प्रकास पारेका थिए ।


हेल्भेटास नेपालको सहयोगमा साचालित सो कोषले बिगत तिन बर्ष देखी यस क्षेत्रमा रोजगारमुलक तालिम प्रदान गर्दै आईरहेको छ ।

अन्य समाचारहरु