उमाकान्त पाण्डे गाउंले, कृष्ण खनाल, बुटवल
रुपन्देहीको मोतिपुर स्थित भवानी निमाविमा साप्ताहिक अतिरिक्त कि्रयाकलाप अन्तर्गत शुक्रबार वादविवाद प्रतियोगिता सम्पन्न भएको छ । धन भन्दा विद्या ठूलो, शीर्षकमा भएको प्रतियोगितामा बविता बरइ प्रथम उमा चौधरी द्वित्तीय तथा मोहन दर्लामी र कविता खरेल तृतीय भएका छन् ।
विद्यार्थी धन बहादुर थारुको अध्यक्षँता तथा विद्यार्थी अरुण विकको साचालनमा भएको कार्यक्रमा विद्यँलयका प्रधानाध्यापक खोमराज ढकालले विजयी विद्यार्थीहरुलाई पुरस्कार प्रदान गरेका थिए । कार्यक्रममा शिक्षँक रामप्रकाश चौधरी र निमा पंगेनीले निर्णायकको भूमिका निभाएका थिए ।