घर फर्कदा दुई जना नेपाली लुटिए
बाबु रोका(मगर) न्यू दिल्ली
८,अगस्त,२०१२ – भारतको न्यू दिल्ली आनन्द बिहार बस स्टेशनबाट नेपालको सिमाना बढनी आफ्नो घर फर्कदै गर्दा दुई जना नेपाली लाई नशालु पदार्थ सुँगाई लुटेको भर्खर मात्र जानकारी भएको छ |
अर्घाखाँची जिल्ला असुरकोट वडा नम्बर ९ निवासी दामोदर रोका र प्युठान जिल्ला बिजुली वडा नम्बर ८ निवासी वीर बहादुर थापा भारतको दिल्ली बाट (नेपाल)आफ्नो घर फर्कने क्रममा एउटै बस भित्र बसेको नेपाली भाषा जानेको अन्जान व्यक्तिले यात्राको दौरान भारतमै बस भित्रै नशालु पदार्थ सुँगाई साथमा भएको नगद २ लाख, मोबाइल, पर्स, सामान आदी बेहोश अबस्थामा फेला परेको जानकारी प्राप्त भएको छ|
बस वालाले रिक्सा चढाएर कृष्ण नगर होटल सम्म पुर्याउदा सम्म राम्रो सँग होस् नखुलेको होटेल वाला शाहुजि ले बताउनु भयो र उहाँले अर्घाखाँची जाने बसमा बस भाडा दिइ पठाउनु भएको जानकारी प्राप्त भएको छ|
मेला पर्वको समयमा मौका पारी नेपालीले नेपालीहरुलाई नै लुत्ने क्रम बढ्दो भईरहेको छ | बर्षदिन मेहेनत गरी चाहड पर्वमा घर फर्कदा आफुले कमाएको पैसा सरसामान लुटिदा सबैलाई दु:ख लाग्दछ | त्यसैले सबैजना घर फर्कदा होस या कुनैपनी ठाउँको यात्रा गर्दा होस् होसियार पूर्वक बसमा यात्रा गर्न जानकारी गराउद छौ |



