आफैले पढाएका छात्रामाथि यौन दुब्र्यबहार गरेको आरोपमा पश्चिम चितवनमा २ शिक्षक पक्राउ

चितवन  । आफैले पढाएका छात्रामाथि यौन दुब्र्यबहार गरेको आरोपमा पश्चिम चितवनको माडीमा २ जना शिक्षक पक्राउ परेका छन् ।

 

माडीको अयोध्यापुरी गाउ बिकास समितिस्थित जगन्नाथपुरी निम्न माध्यामिक विद्यालयका शिक्षक देवराज शाखी र शिव आचार्यलाई स्थानिय बासीन्दाले कुटपीट गरि प्रहरीलाई बुझाएका छन् ।

 

 कक्षा ७ र ८ मा अध्ययनरत छात्राहरुमाथि यौन दुव्र्यवहार गर्दै आएको खुलेपछि उनीहरुलाई प्रहरीको जिम्मा लगाईएको गाउंलेहरुले बताएका छन् ।

 

– RSS

अन्य समाचारहरु