दिउँसो पैसा आयो अनि बेलुका मृत्युको खबर

०६९ जेठ १७ गते दिउँसो साउदीबाट श्रीमान्ले पठाएको ६७ हजार रुपैयाँ घर खर्च लिएर फुरुङ्ग बन्दै घर फर्केकी डिलमाया सुनारलाई घरको दैलोमा टेक्न नपाउँदै मोवाइलमा फोन आयो, यामबहादुर सुनारको मृत्यु भएको छ ।