चुँडिने खतरामा झोलुङ्गेपुल :तनहुँ

तनहुँको पोखरीभञ्ज्याङ गाविसस्थित सुडेको झोलुङ्गेपुल चुँडिने खतरामा पुगेको छ । सदरमुकाम दमैलीबाट सात किलोमिटर पूर्वमा रहेको पोखरी भञ्ज्याङ र काहुँशिवपुर गाविस जोड्ने झोलुङ्गेपुल चुँडिने खतरामा पुगेको हो ।

उक्त पुल जीर्ण बन्दै गएपछि जिल्ला विकास समितिले एक पटकमा तीनजनाभन्दा बढी मानिस आवतजावत नगर्न सूचना टाँस गरेको छ ।

जिल्लाको वैदी, काँहुशिवपुर र भीरकोट गाविसका दैनिक एक हजारभन्दा बढी मानिस हिँड्डुल गर्ने सो पुल कुनै समयमा दुर्घटना हुन सक्नेमा चिन्ता बढेको स्थानियबासीको भनाई छ ।

अन्य समाचारहरु