सिरहाको धनगढी २५ बर्षिय युवकको गोली हानी हत्या

सिरहा । सिरहाको धनगढी ५ बस्ने २५ बर्षिय शिव कुमार साहको गोली हानी हत्या गरिएको छ । घर भन्दा १ किलो मिटर पर धान खेतमा उनको शव फेला परेको हो ।

 

वडा प्रहरी कार्यालय लहानबाट खटिएको प्रहरीको टोलीले घटनास्थलबाट कटुवा पोस्तोलको एक थान गोलीको खोका र तीन थान चाइनिज पोस्तोलको गोलीको खोका फेला पारेको छ ।

 

साहको हत्याबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । RSS

अन्य समाचारहरु