अर्घाखाँची संपर्क समिति यूएईद्धारा लोक गायिका सम्झना लामिछाने सम्मानित

यूएई  ।  तीजको अवसर पारेर दुई हप्तादेखि यूएईमा रहेकी चर्चित लोक गायिक सम्झना लामिछाने मगर लाई अर्घाखाँची संपर्क समितिले सम्मान गरेको छ । हिजो बिहिबार साँझ दुबइको बर दुबइमा रहेको एभरेष्ट होटलमा रात्रीभोज सहित एक औपचारिक कार्यक्रमको आयोजना गरी सम्मान पत्र तथा दोसल्ला ओढाएर सम्मान गरेको हो ।

 



उक्त अवसरमा अर्घाखाँची संपर्क समिति यूएईका तर्फबाट मायाको चिनो सहितको उपहार पनि प्रदान गरिएको थियो ।
 


 

संपर्क समिति अध्यक्ष राजु खडकाको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा संचालन समितका महासचिव चिरन के. सि. ले गरेका थिए ।

 


 

कार्यक्रममा अर्घाखाँची जिल्लाबासी साथिहरु तथा बिभिन्न संघ सस्थाका प्रतिनिधि तथा पत्रकारहरुको बिशेष उपस्थिति रहेको थियो ।

 


 

कार्यक्रमको प्रमुख अतिथिको रुपमा गायिका लामिछाने मगर रहनु भएको साथै नेपाल समाचार पाक्षिक यूएईका सम्पादक लाल बहादुर ढेंगा, बरिष्ठ समाजसेवि मान बहादुर थापा, बाग्लुङ्ग सेवा समाजका कोषाध्यक्ष पिताम्बर पाण्डे, फेवा फोर्सका  शेखर पौडयाल, मगर संघ यूएईकी  बिशिष्ट उपाध्यक्ष बविता रासकोटी, नेपाली एकता समाजका सल्लाहकार शिबलाल जोशि रहनु भएको थियो ।

 


 

कार्यक्रममा समितिका अध्यक्ष राजु खडका, कोषध्यक्ष  प्रकाश रायमाझि, सल्लाहकार कृष्ण भुसाल, दुबइ क्षेत्रिय समितिका अध्यक्ष बाबुराम पौडयालले आफ्नो मन्तव्य राहेका थिए ।

 


 

लोक तथा दोहोरी गायन क्षेत्रमा लामो समयदेखि सक्रिय रहँदै आउनु भएकि जिल्लाबासी गायिकालाई प्रदेशी भुमिमा यसरी सम्मान गर्न पाउदा यूएईमा  रहेका जिल्लाबासी साथिहरु अत्यन्त हषिर्त भएका थिए ।

 


 

कार्यक्रममा नेपाली समाचार पाक्षिक पत्रीकाका तर्फबाट लाल बहादुर ढेंगा तथा पत्रकार कृण्ण बि.क. द्धारा गायिका सम्झना लामिछाने मगरलाई सम्मानपत्र प्रदान गरिएको थियो ।