कल्याणकारी संस्था हेल्प नेपाल नेटवर्कद्धारा भोट दिन सबैमा अपिल

काठमाडौं । शिक्षा, स्वास्थ्य,प्राकृतिक प्रकोप तथा सामाजिक क्षेत्रमा कल्याणकारी काम गर्दै आएको संस्था ‘हेल्प नेपाल नेटवर्क’एउटा अन्तराष्ट्रिय प्रतिष्पर्धामा उत्रेको छ।


चेज कम्युनिटी (Chase Community Challenge) ले च्यारिटी संस्थाहरुबीच गराएको उक्त अन्तराष्ट्रिय प्रतिष्पर्धा जित्न सके २ लाख ५० हजार डलरको परोपकारी पुरस्कार ‘हेल्प नेपाल नेटवर्क’ प्राप्त गर्न सक्ने छ।


उक्त प्रतिष्पर्धा संसारभर रहेका फेसबुक प्रयोगकर्ताहरुले गरेको भोटको आधारमा हुनेछ।


हेल्प नेपाल र उसका सस्थापक प्रमुख रविन्द्र मिश्रले फेसबुक मार्फत सम्पूर्ण नेपाली फेसबुक प्रयोगकर्ताहरुलाई सो प्रतिष्पर्धामा भोट दिएर सहयोग गर्न आग्रह गरेता पनि अपेक्षा गरे अनुरुप भोट प्राप्त गरेको देखिदैन ।


उक्त परोपकारी पुरस्कार जित्न सके देशमा ४० वटा नयां सानासाना विद्यालय भवन, पुस्तकालय बनाउने लगायत धुलिखेलमा निर्माण गरेको ४० जना बालबालिका बस्ने आश्रयका लागि सहयोग हुन सक्ने उक्त संस्थाले अपेक्षा गरेको छ।


साथै उक्त प्रतिष्पर्धामा कयौ अन्य अन्तराष्ट्रिय संस्थाहरु पनि समेल छन भने अहिले सम्म नेपालको कल्याणकारी संस्था ‘हेल्प नेपाल नेटवर्क’ अगाडि छ।  भोट हाल्ने अन्तिम म्याद १९ सेप्टेम्बर सम्म रहेको छ। जसमा तपाईंले तल उल्लेखित लिन्कमा गएर भोट दिन सक्नुहुनेछ भने तपाईं विश्वभर जहाँ सुकै रहेपनि आफ्ना अन्य देशका मित्रहरु, (कलेज, युनिभर्सिटी, कम्पनीका) संघ-सस्थालाई भोट लिन्क ईमेल, फेसबुक वा अन्य मार्फत श्यर गरी भोट दिन अनुरोध गर्न सक्नुहुनेछ ।

 

साथै अर्घाखाँची डट्कममा दैनिक ७५ हजारको हाराहारीमा आउने पाठकहरुले पनि तलको लिन्कमा गई १ मिनेट समय दिएर भोट गरिदिन अनुरोध गरिन्छ ।

भोट गर्ने तरीका यस्तो छ:


1. आफ्नोफेसबुकखोल्नुहोस्


2. https://apps.facebook.com/chasecommunitygiving/charity/view/ein/51-0496452?ref=6a47449e94   मा जानोस्


3. Vote बटनमा क्लिक गर्नोस्। संगै देखापर्ने Allow Applications मा क्लिक गर्नोस् अनि नयां पेज खुल्छ। त्यसमा Log in with facebook मा क्लिक गर्नोस्, कहिलेकाहिं page refresh गर्नुपर्छ नत्र Vote बटनमा क्लिक गरेपछि तपाईंको भोट प्राप्त हुन्छ।

 

 स्रोत: अर्घाखाँची डट्कम, रविन्द्र मिश्र/फेसबुक

अन्य समाचारहरु