– खेमनाथ पौडेल
यूएई – पद्यमकन्या क्याम्पकसकी स्वभियू सभापति तथा त्रिभुवन विश्व विद्यालयकी सभासद सुश्री स्वस्तिका पोख्रेललाई नेपाली कांग्रेसको प्रवास स्थित भात्री संगठन जनसम्पर्क समिति यूएईले गत शुक्रबार एभरेष्ट होटलमा एक कार्यक्रमका विच सम्मान पत्र तथा खादाले सम्मान गरेको छ ।
जनसम्पर्क समिति यूएईले गत सेप्टेम्वर ०७ तारिख २०१२ मा अबुधावीमा आयोजना गरेको कार्यक्रममा विषेश अतिथिको रुपमा पोख्रेललाई यूएई निमन्त्रणा गरेको थियो । समितिका केन्द्रिय अध्यक्ष चित्र बहादुर के।सीको सभावतित्व तथा पद्यमकन्या क्याम्पसकी सोभियू सभापति स्वस्तिका प्रोखेलको प्रमुख अतिथिमा सम्पन्न सम्मान कार्यक्रममा जनसम्पर्क समितिका केन्द्रिय पदाधिकारी क्षेत्रिय अध्यक्ष तथा सल्लाहकारहरुको विषेश उपस्थित रहेको थियो ।
प्रमुख अतिथि पोख्रेलले अहिले देशमा नेपाली कांग्रेसको नेतृत्वमा सरकारको आवश्यकता भएको वताईन् । नेपाली कांग्रेसको नेतृत्वमा विगतका विभिन्न आन्दोलनहरु सफल भएको बताएकी थिईन् । बाहिर जे जस्तो देखिएतापनि पार्टी भित्र आन्तरिक रुपमा भने सबै एकै भएको बताईन् । नेपालका सबै पार्टीहरुमा अहिले जनजातीहरुको समस्या छ तर कांग्रेसम भने त्यति समस्या नभएको बताईन् । देशमा यूवा पुस्ताको आवश्यकता छ यदि यूवाहरुले चाहनेहो भने देशको मुहार छिट्टै फेर्न सक्ने तर्क राखिन् । यूएई भ्रमणमा रहेकी उनले यूएईले छोटो समयमा गरेको विकासको बारेमा भिजिटमा आउने नेताहरुले यो देशको विकासको बारेमा पनि सिक्नु पर्ने वताईन् ।
जनसम्पर्क समिति यूएईका केन्द्रिय अध्यक्ष चित्र केसीले देशमा अहिले नेपाली कांग्रेसको सरकारको आवश्यकता नभएको बताए । अहिले पार्टीलाई कसरी हुन्छ एक जुट बनाएर लैजान ध्यान दिन आवश्यकता भएको बताए । केन्द्रिय नेताहरुलाई जनसम्पर्क समिति यूएई कुनै पनि गुट उपगुट नभएको स्वच्छ भातृसंगठन भएको सन्देश दिन आग्रह गरे ।
सम्मान कार्यक्रममा जनसम्पर्क समिति यूएईले प्रमुख अतिथिलाई मायाँको चिनो उपहार पनि प्रदान गरेको थियो । उक्त कार्यक्रमा तीज कार्यक्रममा आफ्नो प्रस्तुती पस्कन आएकी लोक गायिका सम्झना लामिछाने मगरलाई पनि जनसम्पर्क समिति यूएईले सम्मान गरेको थियो ।