यूएईमा सार्क मुलुकका दुतावास द्वारा सम्युत्त रुपमा सास्कृतिक कार्यक्रम गर्ने

 – उमाकान्त पाण्डे गाउंले – काठमाण्डौ  



सम्युत्त अरब एमिरेट्स यूएईमा रहेका सार्क मुलुकका कुटनैतीक निकाय द्वारा सास्कृतिक कार्यक्रम गरिने भएको छ । 



यूएईमा रहेका सार्क मुलुकका कुटनैतीक निकाय दुतावासले त्यस क्षेत्रमा आफ्नो कला सस्कृतिको विकासका लागि सम्युत्त रुपमा कार्यक्रमको आयोजना गरेका हुन। 



आफ्नो देशको कला सस्कृति झल्कने पहिरन भेशभुसा तथा न्रित्य एवम अन्य प्रस्तुती प्रदशन गर्न सम्युत्त रुपमा कार्यक्रम आयोजना गरिएको जनाइएको छ । 



नेपाली राजदुतावास यूएई आबुधाबी द्वारा अर्घाखाँची डट्कम् को यूएई डेस्कलाई पठाएको निमन्त्रणा पत्रमा उल्लेख गरिए अनुसार कार्यक्रम आबुधाबीमा रहेको इन्डियन सोसियल सेन्टर मिना बजारमा हुनेछ । आगामी बिहीवार (सेप्टेम्बर २०) साझ ७ बजे बाट कार्यक्रम हुने छ । कार्यक्रममा यूएईमा रहेका सम्पूर्ण नेपाली संघसस्था लाई आफ्ना प्रस्तुती सहित उपस्थित हुन अनुरोध गरिएको छ । 



कार्यक्रममा सार्क मुलुक नेपाल,भारत , पाकिस्तान , श्रिलकां , बग्लादेश , अफगानिस्तान , लगायतका देशका बिबिध सास्कृतिक प्रस्तुती रहने भएकोले आफ्नो देशको मौलिकता झल्किने पहिरन सहित सभ्य र अनुशाशित ढंगबाट उपस्थित भईदिनका लागि सम्युत्त अरब एमिरेट्स यूएईका लागि नेपाली राजदुतावास आबुधाबीले अनुरोध गरेको छ । 



निशुल्क प्रवेश भएकोले सम्पूर्ण नेपालीमा उपस्थितीका लागि दुतावासले अपिल समेत गरेको छ ।