पशुपति जि. सी. मस्कट
ओमान मस्कट – अन्दाजी ४० हजार भन्दा धेरै नेपाली कामदारहरुले काम गरिरहेको भनेर भनिने खाडी मुलुक ओमानमा नेपाली महिलाहरुको बिशेष पर्ब तीजको अवसर पारी ओमान नेपाली एकता समाजद्वारा यहि सेप्टेम्बर १४ गते शुक्रबारको दिन भब्य तीज शुभकामना कार्यकमको सफल आयोजना गरेको छ।
अन्तराष्टिय नेपाली एकता समाजका केन्द्रीय सदस्य शोभाकान्त लामिछाने को सभापतित्व, संचालक छबिलाल बस्नेत, सह-संचालक भरत प्रधान र चिना भण्डारीले संचालन गर्नुभएको उक्त कार्यकममा प्रमुख अतिथि नेपाली समाज यू. ए. ई. का अध्क्षय,र संघीयताका बिरुद्ध राष्टिय अभियानका केन्द्रीय सदस्य कृष्ण ढकाल हुनुहुन्थ्यो।
त्यस्तै ओमान स्थित विभिन्न नेपाली संघ-संस्थाका पदाधिकारीहरू अतिथिको रूपमा प्रतिनिधित्व गर्दै कार्यकममा उपस्थित हुनुभएको थियो। ऐक्यबद्दता मासिक पत्रिका र अर्घाखाँची टाईमस मिडिया पार्टनर रहेको सो कार्यकममा अरुपनि थुप्रै नेपाली संचारमाध्यम हरुसंग काम गर्ने मिडियाहरुको जमघट थियो। साउदी स्थित नेपाली राजदूताबासका ओमानका लागि प्रतिनिधित्व गरिरहनु भएका दीपक श्रेष्ठको बिशेस उपस्थिति रहेको उक्त कार्यकम शहिदहरुको सम्झनामा एक मिनेटको मौन धारण,राष्टिय गान, प्रमुख अतिथि द्वारा दीप प्रज्वलित गरि,स्थानीय रक्तिम कलाकारहरुले गीत द्वारा दर्शकहरुलाई स्वागत गरेका थिए।

कार्यकममा बोल्दै प्रमुख अतिथिले प्रबाशिहरुको नेपालमा लगानीको बारेमा बताउनुभएको थियो।र संघियताको बिरोध गर्दै हामी सबै मात्रै नेपाली हो र हामीलाई एक नेपाल चाहिन्छ भन्नुभएको थियो। उपस्थित सम्पूर्ण दर्शकहरू र नेपाली सबैलाई तीजको शुभकामना दिंदै एन.आर. एन. ओमानका अध्क्षय डी.बि. क्षेत्रीले ओमान स्थित संघ-संथाहरु पनि राजनीति बाट टाढा रहन नसकेको र संस्था हरूको बिचमा नै राजनीति भईरहेको दुख प्रकट गर्दै जसबाट छिटो बाहिर आउनु पर्ने भन्नुभयो। त्यस्तै हामी नेपालीहरुलाई आईपरेका विभिन्न प्रकारका समस्याहरुमध्ये कंयौ समस्याहरु हामीहरू आफैले निम्ताएको र जसलाई हामीहरु आफैबाट सुधार हुनुपर्ने कुरामा जोड दिनुभएको थियो।उक्त कार्यकममा बोल्दै सगरमाथा समूहका अध्क्षय सागर अधिकारीले पनि तीजको शुभकामना दिंदै हामी सबैले मिलेर जानुपर्ने समस्याहरुको छिटो सामाधान गर्ने कुरामा जोड दिनुभएको थियो।

कार्यकममा ‘विदेशबाट लिईएको संघियता” नामक गीति नाटक पनि प्रश्तुत गरिएको थियो। नेताको भूमिकामा बसन्त नेपाल र भानेश्वर जैसीले अभिनय गर्नुभएको थियो भने मुना नेपालले नृत्य प्रश्तूत गर्नुभएको सो नाटकलाई उपस्थित सबैले धेरै मन पराएका र सबैले तालीको गडगडाहट द्वारा साथ दिएका थिए। स्थानीय कलाकारहरू द्वारा र ओमान स्थित रक्तिमका कलाकारहरूको प्रस्तुति द्वारा दर्शकहरूलाई भरपूर्ण मनोरंजन गरिएको थियो। रातो सारी,चुरा, पोतेमा सजिएर उपस्थित महिलाहरू कम्मर ढल्काई-ढल्काई नाचेको दृश्यले नेपालमै कुनै तीजको मेला लागिरहेको जस्तै देखिन्थ्यो।

कार्यकमको मंचबाट नेपाली महिला समूह यू.ए.ई.कि अध्क्षय राधा ढकाल द्वारा एकता समाजको नया केन्द्रीय कार्यसमितिको घोषणा गर्नुभएको थियो।नया केन्द्रीय कार्यसमितिमा अध्क्षयमा शोभाकान्त लामिछाने निर्बिरोध चयन हुनुभएको छ भने क्रमश: प्रमुख उपाध्क्षय शिवलाल गिरि, सह-उपाध्क्षय शालिकराम आचार्य, माहासचिब धन बहादुर क्षेत्री, सचिब छबिलाल बस्नेत, सह-सचिब भेष कुमार कार्की(माधब), कोषाध्यक्ष बिष्णु अर्याल, सह-कोषाध्यक्ष सोम तामांग, र सदस्यहरूमा नबराज आचर्य, भिमलाल गिरि, मिन प्रसाद भण्डारी, सुमन तामांग, रिता चौधरी, तुलसीराम जैसी, सुबास चौलागाई, भानेश्वर जैसी, टंक प्रसाद आचर्य, र बैकल्पिक सदस्यहरुमा धनुमाया क्षेत्री त इन्द्र सारु रहनुभएको छ भने सल्लाहकारमा संजय के.सी. रहनुभएको छ।

निबर्तमान सभापति शोभाकान्त लामिछाने द्वारा कार्यकमलई सम्बोधन गर्दै सम्पूर्ण उपस्थित दर्शकहरू र नेपाली हरू सबैलाई तीजको शुभकामना दिनुभयो।स्थानीय समस्याहरूको बारेमा बोल्दै कुनै पनि संघ संस्थाको छाता ओढेर गरिने नराम्रो काम कुनैपनि हालतमा स्वीकार्य नहुने भन्नुभयो। त्यस्तै संघियता लाई स्वीकार गर्न नसकिने र सबै मिलेर संघियताको बिरुध्द लाग्नुपर्ने कुरामा जोड दिनुभयो।केन्द्रीय कार्यसमितिको आगामी कार्य योजना र राष्टिय भेलाको बारेमा पनि सोहि मंचबाट घोषणा गर्नुभएको थियो। त्याँहा उपस्थित नेपालीहरु सबै एकै स्थानबाट नभएर कोहि पूर्व मेची, त कोहि पशिचम महाकाली, कोहि तराईका त कोहि पहाडका थिए तर सबै नेपाली थिए जति-जति बेला संघियताको बिरुद्धमा आबाज सुनिन्थ्यो सबैले ताली द्वारा स्वागत गर्दथे। त्यस्तै ओमान नेपाली समाजका अध्क्षय गोबिन्द गुरुङ द्वारा सभापतिलाई भेट गरि शुभकामना दिनुभएको थियो।

कार्यकम संयोजक तथा नेपाली एकता समाज केन्द्रिय कार्यसमितिका महासचिब धनु क्षेत्रीले कार्यकम कल्पना गरिएको भन्दा पनि धेरै सफल रहेको बताउनुभयो। कार्यकममा उपस्थिति हुनुभएको सम्पूर्ण, कार्यक्रम तयारी मा सहयोग गर्नु भयका सम्पूर्ण मित्रहरु, सहयोगी संथाहरु र आर्थिक सहयोग गर्नुहुने सम्पूर्ण प्रायोजक मित्रहरु, सबैलाई धन्यबाद दिनुभएको थियो।