लगातारको वर्षाका कारण काठमाडौंबाट विभिन्न स्थानमा जाने आन्तरिक हवाइ उडान प्रभावित, प्रधानमन्त्री भट्टराई पनि विमानस्थलमै

काठमाडौं  – लगातारको वर्षाका कारण काठमाडौंबाट विभिन्न स्थानमा जाने आन्तरिक हवाइ उडान प्रभावित भएका छन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक ड्युटी कार्यालयका अनुसार अहिले काठमाडौँबाट विराटनगर, पोखरा, सिमरा, तुम्लिङ्टार, भरतपुरलगायतका क्षेत्रका उडानहरु अवरुद्ध भएका हुन् ।

 

खराब मौसकका कारण काठमाडौँबाट पोखरा जान लाग्नुभएका प्रधानमन्त्री डा बाबुराम भट्टराई पनि अहिले विमानस्थलमै कुरिरहेका छन् ।

उनी आज बिहान बुद्ध एयरबाट १०:१० बजेको उडानमा पोखरा जाने कार्यक्रम थियो।

कार्यालयका अनुसार आजका लागि तय भएका उडान स्थगन गरिएको भएपनि हालसम्म कुनैपनि विमानको उडान रद्द गरिएको छैन। मौसम सफा हुने बित्तिकै उडानहरु सुचारु हुनेछन्।


काठमाडौँबाट हुने अन्तर्राष्ट्रिय उडान भने प्रभावित भएका छैनन्। रासस

अन्य समाचारहरु