तिजको रहर गयो बरिलै: भारतमा नेपाली दिदी बहिनिहरुले धुमधाम सँग मनाए हरितालिका तिज


 

– बाबु रोका मगर

 

न्यूदिल्ली, भारत, सेप्टेम्बर,१८-२०१२ –  । हिन्दू नेपाली महिलाहरुको महान चाड हरितालिका तिज भारतको सिकन्दरपुर, गूड्गाव, हरियाणामा नेपाली दिदी बहिनिहरुले धुमधाम सँग मनाए छन।

 


 

नेपाली जन-संपर्क समिती गूड्गावको आयोजनामा राखिएको तिजको कार्यक्रम ले गूड्गावमा रहेका नेपाली हरुलाई रमणिय भेट गरायो |महिला दिदी बहिनीहरुले मिठो गीत गाएर अनी नाचेर मनोरन्जन गरे भने नेपाली दाजुभाइहरुले उनिहरुको सुरिलो आवाज र छम्छमी नाच हेरेर आनन्द लिए।

 


 

साथमा सम्मान कार्यक्रम ले पनि अझ आकर्शित गराएको थियो | हामीलाई गर्व छ प्रदेशमा रहेर पनि आफ्नो नेपालीपन,कला र संस्कृती यसरी झल्काउदा आफु आफ्नै मातृभूमी नेपालमा भएको  महसुस भएको उपस्थित प्रदेशीजनहरुले बताए | यस समितिमा रहनु भएका सदस्यहरुले आफ्नै खर्च मा पिउने पानी देखी लिएर पुरै टेन्टको व्यबस्था गराउनु भएको थियो |

 

 

 

जस्मा अनुमानित खर्च १५ देखी २० हजार सम्म भएको छ | सो खर्च को लागि उहाँहरुको समितिले कसै सँग एक रुपैया सहयोग न मागेको समिती भित्रका एक जना सदस्य ले बताउनु भएको छ |

 


 

यसै गरी अर्को एक जना सोही समितिका सदस्य ओम बहादुर घर्ती ज्युले भन्नु भयो “गूड्गावमा छरिएर बसेका नेपाली दिदी बहिनीहरुको लागि र आफ्नो नेपाली परम्परा र संस्कृतीको जगेर्ना गर्नको लागि हामीहरुले पछील्लो एक दशक देखी प्रत्यक वर्ष हरितालिका तिज मनाउदै आएका छौ र यसरी नै यसलाई निरन्तरता दीइने कुरा पनि गर्नु भयो” ठीक दिउसो २ बजे देखी सुरु भएको कार्यक्रम ५ बजे सम्म एकदम अनुशासित र शान्तिपूर्ण रुपमा सकिएको थियो |

 


 

भबिश्यमा यो समितिले राम्रो काम गरेर आफ्नो देश नेपाल लाई चिनाउने जानकारी गराउनु भएको थियो | उहाँहरुले आफ्नो समिती भित्रको सकृय सदस्यहरुको नाम पनि उल्लेख गर्नु भएको छ |

 



सदस्यहरु
१- भेष राज पौडेल
२- ओम बहादुर घर्ती
३- लक्ष्मण पाण्डे
४- ईन्द्रजित पाण्डे
५- डन्डपानि पाण्डे
६- राजु नेपाल
७- इश्वरी पौडेल
८- प्रशान्त खरेल
९- ललित जि.सी  
 





 





भोपालमा तीज भव्यताका साथ् मनाइयो: नेपालको एक सानो भाग भनेर चिनिने भारतको भोपाल मा रहेका नेपाली हरुले सामुहिक रुपमा गोभिन्दपुराको पशुपति नाथ को मन्दिरमा नाचगान गरि बनाइएको छ -तस्बिर-जीवलाल सापकोटा