नेपालमा ६४ % किशोर किशारीले १७ वर्ष पुग्नु अगावै यौन सम्पर्क राख्ने गरेको तथ्यांक सार्वजनिक

नेपालका किशोर किशारीमध्ये ६४ प्रतिशतले १७ वर्ष पुग्नु अगावै यौन सम्पर्क राख्ने गरेको एक तथ्यांकले देखाएको छ।

 


यति ठूलो संख्यामा यौन क्रियाकपालमा संलग्न जनसंख्यामा गरिएको सर्वेक्षणमा तीमध्ये १५ प्रतिशतले मात्रै आफ्नो पहिलो यौन सम्पर्कमा कन्डमको प्रयोग गरेको बताएका छन।

 

स्वास्थ्य मन्त्रालयले गत वर्ष सार्वजनिक गरेको देशव्यापी सर्वेक्षण अनुसार औसतमा साढे १७ वर्षको उमेरमा किशोरकिशोरीले पहिलो पटक यौन सम्पर्क गर्छन्।

 

केही समयअघि परिवार नियोजन संघले गरेको एक सर्वेक्षणमा डोटी जिल्लामा १२ वर्षको उमेरमा किशोरकिशोरीले पहिलो पटक यौन सम्बन्ध कायम गरेको देखिएको थियो।

 

सरकारले गत वर्ष सर्वजनिक गरेको तथ्यांकअनुसार ९५ हजार जनाले सुरक्षित गर्भपतन गराएका थिए। 

 

– Arghakhanchi.Com

 

 

अन्य समाचारहरु