– कृष्ण खनाल
बुटवल । नेपाल विद्यार्थी संघ लुम्बिनी बाणिज्य क्याम्पस ईकाइका सदस्य स्वः राजन गौतमको तेह्रौ दिनको पुण्य तिथीमा ने.वि संघ बाणिज्य क्याम्पस कमिटिले शोक शभा सम्पन्न गरेको छ । भाद्र २४ गते गुल्मी बाट वुटवल तर्फ आउदै गरेको बसमा गौतमको असमाइक निधन भएको हो ।
शोक सभामा नेवि संघ क्याम्पसका सभापति टंक प्रसाद पाण्डे बुटवल बहुमुखी क्याम्पसका पुर्व ने.वि. संघ इकाई सभापति मुक्तिराज पौडेलले मृत आत्मको चिर शान्तिको कामना गर्दै श्रदान्जली व्यक्त गरेका छन् ।