नर्सिङ कलेज बुटवलको लेखा शाखामा लगाएको ताला खुल्यो

– कृष्ण खनाल


बुटवल ६  । अखिल नेपाल राष्ट्यि स्वतन्त्र विद्यार्थी युनियन -क्रान्तिकारी सिटीईभिटी दक्षिण जिल्ला समितीले भदौ १५ गते देखी नर्सिङ कलेजको लेखा शाखामा लगाएको ताला खुलेको छ ।

 

 दुई पक्षविच सनिवार भएको वार्तामा नर्सिङ कलेजले सहमती कार्यान्वयन गर्ने सहमत भएपछि ताला खुलेको उक्त विद्यार्थी संगठनले जनाएको छ । नर्सिङ कलेज संचालक र अखिल-क्रान्तिकारी सिटीईभिटी दक्षिण जिल्ला समिती विच आठ वँुदे सहमती भएको हो । सहमती पत्रका वार्ता टोली सदस्य तथा मेडीटेक इन्टरनेश्नल कलेजका संचालक गोविन्द खनाल एडभान्स स्टडी अफ हेल्थ साईन्सका चेतन भण्डारी र विद्यार्थी संगठनवाट तर्फवाट सुरजिसंह ठकुरीले हस्ताक्षर गरेका छन ।


 सनिवार वुटवलमा पत्रकार सम्मेलन गरी समितीले सिटीईभिटी र  सम्वन्धीत काउन्सीलको मापदण्ड पुरा नभएका कलेजहरुले तत्काल मापदण्ड पुरा गर्ने  मापदण्डपुरा भए-नभएको अनुगमन गर्न कार्यदल गठन गर्ने भर्ना प्रकृया पारदर्शी गर्ने  तिन वर्षको शुल्क एकमुष्ट लिन नपाउने लगायतको सहमती भएको जनाएको हो । 

 
त्यसैगरी होस्टल अनिवार्य नगर्ने  विद्यार्थीले चाहेमा आफै मेष चलाउन पाउने  एक कोठा वरावर २ जना मात्र राख्न पाईने होस्टलमा भर्ना शुल्क  नलिन नर्सिङ कलेज संचालक सहमत भएका छन । शुल्क सन्दर्भमा नसर्िङ संकाय अन्तर्गत सिटीईभिटीले निर्धारण गरे वमोजिम अधिकतम ३ लाख ९६ हजार मात्र लिने सहमती भएको जनाईएको छ ।

 

विद्यार्थी कल्याण समाज मार्फत छात्रवृत्ति प्रदान गर्ने र विगतमा संगठनसंग भएका सहमती व्यवहारीकरुपमा लागु गर्ने सहमती भएको अखिल-क्रान्तिकारी सिटीईभिटी दक्षिण जिल्ला समितीका इन्चार्ज गोल कुमार वस्नेतले पत्रकार सम्मेलनमा जानकारी दिए । उनले नर्सिङ कलेज संचालकहरुसंग भएको वार्ताले विद्यार्थीलाई अध्ययनमा सहज हुने विश्वास व्यक्त गरे ।

अन्य समाचारहरु