
सुन्दा र भन्दा अनौठो हुनसक्छ कुकुरहरुको बन्ध्याकरण शिविर ।
विश्व रेविज दिवसका अवसरमा इलाममा कुकुरहरुको निःशुल्क बन्ध्याकरण शिविर सुरु गरिएको छ ।
कुकुरले टोकेकै कारण मानिसमा सर्ने रेविज रोग उन्मुलन गर्ने उद्देश्यले जिल्ला पशुसेवा कार्यालय इलामले आगामी असोज १२ गतेसम्म कुकुरहरुको बन्ध्याकरण शिविर संचालन गरेको हो ।
इलाम नगरपालिकाको सहयोग र हिमालयन एनिमल ट्रष्ट रिस्कु पोखराको संयुक्त आयोजनामा सुरु भएको शिविरमा नगरपालिका भित्रका सबै कुकुरहरुको बन्ध्याकरण गरि नगरपालिकालाई रेविज मुक्त नगरका रुपमा घोषणा गर्न लागिएको आयोजकहरुले बताएका छन् ।
– RSS