समाचार लेखन एवम सुद्द भाषाको प्रयोग सम्बन्धी यूएईमा १ दिने पत्रकारिता तालिम सम्पन्न

– उमाकान्त पाण्डे गाउंले / राजु खड्का  

यूएई डेस्क – समाचारमा लेखन,शुद्ध र सरल भाषाको प्रयोग गर्ने तरिका सम्बन्मा नेपाल पत्रकार महासंघ यूएई शाखाले १ दिने तालिम सम्पन्न गरेको छ । गत शुक्रबार यूएईको दुबइमा रहेको एभरेस्ट होटलको सभाहलमा एकदिने समाचार लेखन तालिम सम्पन्न भएको हो । 




वैदेशिक रोजगारीका सिलसिलामा यूएईमा कार्यरत संचारकर्मीहरुले युएईमा भएको घटना र प्रवासी नेपालीहरुको गतिविधिहरुलाई विभिन्न अनलाईन तथा छापा माध्यममा समाचारहरु सम्प्रेशण गर्दै आएको क्रममा समाचारको भाषालाई अझै शुद्ध र सरल बनाउने उद्देश्यले तालिम राखिएको हो ।

तालिममा कान्तिपुर दैनिकका समाचार डेस्क प्रमुख अखण्ड भण्डारीले सहजीकरण गरेका थिए । कार्यक्रममा उज्यालो नेटवर्कका सम्पादक सुनिल न्यौपाने, प्रवासी समन्वय समिति नेपालका अध्यक्ष महेन्द्र पाण्डे, यूएईका कृयशिल पत्रकार खेमनाथ पौडेल,लोक सुवेदीको आतिथ्यता रहेको थियो ।




पत्रकार महासंघ यूएई शाखाका अध्यक्ष शकंर ज्ञवालीको अध्यक्षता , सचिव अर्जुन दाहालको शुभकामना मन्तब्य एवम पत्रकार निमेश गिरीको सन्चालनमा कार्यक्रम सम्पन्न बहेको थियो ।

नेपालमा संचार माध्यमको सख्यातमक बृद्धि हुदै गएको तर गुणात्मक बिकास नभएको प्रती उज्यालो नाइन्टी नेट्वर्कका सम्पादक सुनिल न्यौपानेले चिन्ता ब्यत्त गरेका थिए।वैदेशिक रोजगारीको लागि विदेशमा जानुभन्दा पहिला जुन देशमा जाने हो त्यहांका कानुन र व्यवस्थाबारे अध्यन गरेर गएमा केही हदसम्म सुरक्षित रहन सक्ने प्रवासी समन्वय समिति नेपालका अध्यक्ष महेन्द्र पाण्डेले बताए । त्यस्तैगरी यूएईका पुराना पत्रकार लोक सुवेदीले विगतदेखि युएईमा भएको पत्रकारिता र पत्र-पत्रिकाको बारेमा प्रकाश परेका थिए ।



कान्तिपुर कर्मी भण्डारीले प्रोजेक्टर मार्फत स्लाईड शोमा शब्द,लेखन,संवाद र भाषा शैलीलाई कसरी प्रयोग गर्ने भन्ने बिषयमा जानकारी दिएका थिए । समाचार लेखनमा हरेक व्यात्तीको आ-आफ्नै शैली हुने भएता पनि समाचारलाई कसरी प्रभावकारी बनाउन सकिन्छ भन्ने बिषयलाई सबैले जोड दिनु पर्ने बताएका थिए ।

तालिममा बिभिन्न संचार सस्थामा आबद्द तथा यस् प्रती रुची राख्ने ३ दर्जन भन्दा बढीले सहभागीता जनाएका थिए ।




सोही अवसरमा विगत ८ बर्षदेखि युएईमा कार्यरत पत्रकार खेमनाथ पौडेललाई पत्रकार महासंघ युएई शाखाले बिदाई समेत गर्यौ।युएईमा प्रवेश गर्नासाथ कलम चलाउन थालेका पौडेल अब स्वदेश मै केही गरौ भन्ने धारणाका साथ र्फकन लागेका हुन् । प्रमुख अतिथि भण्डारी र अध्यक्ष ज्ञवालीले संयुक्त रुपमा दोसल्ला ओढाई सम्मान-पत्र दिएर पौडेललाई बिदाई गरेका हुन् ।