चीना थापा रेडियो सिन्धुलीगढी सिन्धुली
सिन्धुली असोज ८ गते । सिन्धुली जिल्ला अन्तरगत वेलघारी गाँविसको वडा नंम्वर ५ ६ ७ र ८ मा भाईरल ज्वरोको प्रकोप देखीन थालेपछि प्राथमीक स्वास्थ्य केन्द्र वेलघारीले घरदैलो अभियान गर्दै स्वास्थ्य सेवा दिन थालेको छ ।
प्राथमिक स्वास्थ्य केन्द्रका सिनियर अहेव मोहन दाहालको नेतृत्वले सेवा दिनथालेकेा हो । भाईरल ज्वोरोको विरामी वढ्न थालेपछि घरघरमै गएर सेवा संचालन गरएको र प्राथमिक स्वास्थ्य केन्द्रमा पनि विरामीको भिड वढीरहेकेाप्राथमिक स्वास्थ्य केन्द्र वेलघारीका मदन विक्रम दाहालले जानकारी दिनुभयो ।
दिनदिनै भाईरल ज्वारोका विरामीहरुको संख्या वढ्दै गएका कारण जिल्ला अस्पतालवाट पनि औँषधि र स्वास्थ्यकर्मी त्यस क्षेत्रमा पठाउने तयारी भैरहेको जिल्ला स्वास्थ्य कार्यालय सिन्धुलीका प्रमुख डाक्टर छविलाल थापामगरले जानकारी दिनुभएको छ । असोज ५ गतेदेखी संचालन गरीएको सेवामा अहिलेसंम्म ६० जनालाई घरघरमै गएर सेवा दिएको वताइएको छ ।
त्यस्तै स्वास्थ्यकेन्द्रमा पिन दैनीक जसो १ सयको हाराहारीमा भाईरलका विरामीहरु उपचारका लागी जाने गरेकेा स्वास्थ्य केन्द्रले जनाएको छ ।