यूएई डेस्क – दक्षिण एसियाली (सार्क) राष्ट्रहरु भारत, पाकिस्तान, नेपाल, बंगलादेश, श्रीलंका, माल्दिव्स, अफ्गानिस्तानका युएई स्थित राजदुताबासहरुको संयुक्त आयोजनामा गत बिहीवार एक भब्य सास्कृतिक कार्यक्रम सम्पन्न भएको छ ।
आबुधाबिको इन्डियन सोसिअल सेन्टरमा ‘दक्षिण एसिया कल्चरल शो’ सम्पन्न भएको हो ।
नेपाल लगायत अधिकांश दक्षिण एशिया सहयोग संगठन (शार्क) राष्ट्रहरुको राजदुतहरु, अन्य विशिष्ट व्यक्तिहरु, साथै ठुलो संख्यामा युएईम़ा रहेका शार्क मुलुकका नागरीकहरुको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा अधिकांश शार्क मुलुकहरुले आ-आफ्नो मौलिक संस्कृति झल्काउने नृत्य तथा झाँकीहरु प्रस्तुत गरेका थिए ।
कार्यक्रममा नेपालको तर्फबाट पनि तमु समाज युएई क्षेत्रीय समिति आबुधाविका कलाकारहरुको बिशेष योगदान रहेको थियो ।
कलाकारहरु श्याम तमु, अमृत तमु, तारा बहादुर तमु, पवित्रा तमुस्यो, पुर्णिमा तमुस्यो, मिना तमुस्योले ‘पश्चिम कोहि पुर्व घर’ बोलको राष्ट्रिय गितमा जोडदार सामुहिक नृत्य प्रस्तुत गरेका थिए ।
सुनिल तमुले ‘म हुँ नेपाली बाबु’ भन्ने गितमा आकर्षक एकल नृत्य प्रस्तुत गरि प्रतिनिधित्व गरेका थिए । अन्य नेपाली कलाकारहरुले पनि नेपालको तर्फबाट आफ्नो प्रस्तुति दिएका थिए । दक्षिण एसियाली राष्ट्रहरुको बिचमा सांस्कृतिक सद्भावलाई कायम राख्दै त्यसलाई अझ बलियो बनाउन आयोजना गरिएको सो कार्यक्रममा नेपाली कलाकारहरुले नेपाली झन्डा फहराउदै ‘बुद्ध नेपालमा जन्मिएका हुन’ भन्ने संदेश समेत छरेका थिए ।
कार्यक्रम हुँदै छ भन्ने जानकारी ढिलैगरी जानकारी पाए पनि केयौ नेपाली नागरिकहरु कार्यक्रममा उपस्थित भएको जानकारी अबुधाबी बाट सहयोगी रबिलाल खनालले जानकारी दिए ।



