
राजधानी बाहिर जाने यात्रुहरूको चापलाई हेरेर नियमितभन्दा ५० प्रतिशतभन्दा बढी सवारी साधन सञ्चालनको तयारी पनि गरिएको उनले जानकारी दिए।
यातायात व्यवसायीहरूले पाँचसयभन्दा बढी नयाँ बस पनि थपेकाले सुविधा सम्पन्न सवारी साधनमा यात्रा गर्न पाउने समेत उनले दाबी गरे।
उपत्यका बाहिर सञ्चालनमा रहेका लामो तथा छोटो दूरीका सवारी साधन पनि काठमाडौँ ल्याइने जानकारी दिँदै उनले सवारी साधनको अभाव हुन नदिने र त्यसका लागि सरकारसँग पनि सहयोग मागिने बताए।
“सबै गाडीलाई काठमाडौंमा नै ल्याएर राख्न सम्बन्धित समितिहरूलाई पत्राचार गरिसकिएको छ, यसो हुँदा कुनै पनि खालको समस्या आउँदैन भन्ने हामीले विश्वास लिएका छौँ।”
टिकटको अग्रिम बिक्रीलाई हरेक वर्ष व्यवस्थित बनाउने प्रयास गरे पनि यात्रुहरूकै बेवास्ताका कारण ठगिएको गुनासो आउने गरेको भन्दै यातायात व्यवसायीहरूले टिकट कुन दिन खुल्छ, कहाँबाट र कसरी पाउन सकिन्छ भन्ने बारेमा सत्यतथ्य नबुझीकन हतारिएर अनधिकृतरुपमा टिक नलिनसमेत आग्रह गरेको छ।



